विदेशबाट फर्किएकी महिलासँग घुस लिने विरुद्ध विशेष अदालतको फैसला

३० जेठ, काठमाडौँ  । विदेशबाट फर्किएकी महिलासँग घुस लिने अध्यागमन विभागका कर्मचारी र प्रहरी जवानविरुद्ध विशेष अदालतले आज फैसला सुनाएको छ ।
bishesh adalat
सउदी अरबबाट फर्किएकी भोजपुरकी सीता राईसँग  विभागका तत्कालीन अधिकृत रामप्रसाद कोइराला र टीका पोखरेल, नायब सुब्बा सोमनाथ खनाल र प्रहरी जवान पर्शुराम बस्नेतले घुस लिएको ठहर गर्दै अदालतले चार महिना कैद र रु ५९ हजार ७०० जरिवानाको सजाय सुनाएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे, मोहनरमण भट्टराई र भूपेन्द्र राईको संयुक्त इजलाशले सो फैसला गरेको हो ।

राईलाई नक्कली राहदानीमा विदेश गएको थाहा पाएपछि अध्यागमनका कर्मचारीले उनीसँग रहेको आठ हजार ५०० सउदी रियाल घुस लिएका थिए । रकम लिएपछि भोजपुर जाने बस चढाइदिने भन्दै प्रहरी जवान बस्नेतले नयाँ  बसपार्क पु¥याएर बलात्कारसमेत गरेका थिए ।

यसअघि जिल्ला अदालत काठमाडौँले नासु खनाल र प्रहरी जवान बस्नेतलाई रु पाँच हजार जरिवानासहित एक वर्È कैद सजाय सुनाएको थियो भने अधिकृत कोइराला र पोखरेललाई सफाइ दिएको थियो ।

अदालतले राईलाई बलात्कार गर्ने प्रहरी जवान बस्नेतलाई पाँच बर्ष  ६ महिना कैद र रु ५० हजार जरिवाना गरिसकेको छ । रासस

, ,

news and entertainment