दलित युवतिसँग बिबाह गर्दा घर निकाला भएपछि आमा बाबु विरुद्ध मुद्दा

२० जेठ, काठमाडौं ।
दलित युवतीसँग बिहे गरेका कारण नारायणगढका नेवार समुदायका एकजना युवा घर निकाला भएका छन् । भरतपुर नगरपालिका ३ नारायणगढ बजारका दिब्बेस पियाले आफू घर निकाला हुनुपरेको भन्दै आमाबुबासहित परिवारका ६ जनाविरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छ्न ।

पियाले गतवर्ष भरतपुर नगरपालिका वडा नम्बर २ क्षेत्रपुरकी संस्कृति घिमिरे (विश्वकर्मा)लाई सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । प्रेम सम्बन्धमा रहेका उनीहरुलाई विवाहपछि घरमा बस्न नदिइएको पीडित दम्पतीले बताएको नेपाल समाचारपत्रमा खबर छ ।

उनीहरुले जिल्ला प्रहरी कार्यालयमा बुबा दिनेश, आमा करुण, ठूलोबुबा माधव पिया, कान्छी आमा चिना र मामा दीपेन्द्र श्रेष्ठसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

कमिनी विवाह गरेको भन् घिर निकाला गरी जातीय विभेद गरेकाले जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार मुद्दा दर्ता गरिएको छ ।

कक्षा १२ मा अध्ययनरत पिया र विश्वकर्मा दुवैजना २० वर्षका छन् । अध्ययनकै क्रममा प्रेम सम्बन्धमा परेकाले आपसी समझदारी विवाह गरेका दुवैजनाको भनाई छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment