गेष्ट हाउसमा महिला बलात्कृत, प्रहरीको संलग्नताको आरोप

काठमाडौं, १९ जेठ । लेवलानमा ३ वर्ष काम गरेर स्वदेश फर्केकी एकजना महिला बलत्कार पछि लुटिएकी छन् ।
पहाडीपुर गाविस वडा नम्बर २, कैलालीकी गीता चौधरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीको मिलेमतोमा बलात्करपछि लुटिएकी हुन् । उनलाई बलत्कारमा संलग्न प्रहरीको बारेमा भने धेरै जानकारी छैन ।
चौधरी २०६७ मा वैदेशिक रोजगारीका लागि लेवनान पुगेर तीनवर्ष काम गरेकी थिइन् । २०७० जेठ १५ गते स्वदेश फर्केकी गंगबुमा रहेको मेलिना गेष्ट हाउसमा बस्ने क्रममा चाउचाउमा नसालु पदार्थ ख्वाएर बलात्कारपछि ११ हजार ६ सय लेबनानी डलर र सामान सबै लुटिएको चौधरीले बताइन् ।
चौधरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर एयरपोर्टमा उत्रेपछि एक जना प्रहरीले सहयोग गर्ने बहानामा बलत्कार पछि लुटपाट गरेको बताइन् ।
‘मेरो काठमाडौंमा कोही पनि छैनन्, खाने बस्ने ठाउँ छैन कहाँ बस्ने होला हजुरलाई थाहा छ भनी सोध्दा ति प्रहरीले गंगबुको मेलिना गेष्ट हाउसमा जाउ महिलालाई त्यहाँ राम्रो छ भन्दै पठाए’, चौधरीले पत्रकार सम्मेलनमा भनिन्, ‘त्यहाँको प्रोपाइटर रोम प्रधानलाई फोन गरीदिनु भयो मलाई लिन गाडी आयो त्यही रात मलाई चाउचाउमा नसालु पदार्थ हालेर खुवाएर बलात्कार गरेपछि लुटपाट भयो ।’
उनले गहभरी आँसु पार्दै भनिन्, ‘आफू लुटिएको राति १२ बजेपछि थाहा पाएँ, मैले गेष्टहाउसका मालिक रोम प्रधानलाई हार गुहार गरे, प्रहरीलाई भने, महिला सेलमा गएँ कतैबाट न्याय पाइन ।’
‘म बलात्कृत भएपछि बसेको गर्भ तुहाउन पैसा नभएर सकिन अहिले मेरो दुई महिनाको बच्ची छ, बच्चा जन्मेको घर परिवारलाई थाहा छैन’, उनले भनिन्, ‘मैले मेरो श्रीमान र घर परिवारमा कसरी मुख देखाउने मलाई परेको अन्यायलाई जस्ताको त्यस्तै देखाईदिएर न्यायदिलाई दिन हात जोडेर अनुरोध गर्दछु ।’
चौधरीलाई प्रहरीको नाम थाहा छैन । उनले लुटपाटमा संलग्न मेलिना गेष्ट हाउसका मालिक रोम प्रधान, हरि चौलागाईं, कुक नारायण, गेष्ट हाउसका कुक अर्जुन लिम्बु र हिम्मत प्रधानले पनि बलत्कार गरेको बताइन् ।
‘मेरो मोवाइल, पासपोर्ट, सोनी कम्पनीको २९ हजार पर्ने क्यामरा, २३ हजार मूल्य बराबरको सुनका गरगहना पनि लगेका छन’, उनले भनिन्, ‘पीडितलाई न्याय दिनुको सट्टा प्रहरीले नै ती अपराधीहरुलाई संरक्षण गरेका छन् ।’
चौधरीले बलत्कारमा संलग्न अर्जुन लिम्बुको ९८०८४७३७९६ र ९८१७९३७७४९ को एनसेलको मोवाइल नम्बर पनि सार्वजनिक गरेकी छन् ।
dainiknepal भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment