नगरकोट नपुग्दै तेलकोटमा फाइट, विद्यार्थीको ज्यान गयो


भक्तपुर : कलेजको परीक्षा सकेर फ्रेश हुन नगरकोट घुम्न हिडेका नौजना विद्यार्थीबीच नगरकोट नपुग्दै तेलकोटमा आपसी झगडा चर्केर हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । तेलकोट पुगेपछि नगरकोट पुग्ने कि त्यहींबाट फर्किने विषयमा उनीहरुबीच झगडा सुरु भएको थियो।

यही झगडाले हिंसात्मक रुप लिएपछि फाइट चलेको थियो। कक्षा १२ को परीक्षा सकेको भोलिपल्ट भक्त पुरको नगरकोट घुम्न भनी हिँडेका नौजनामध्ये एकजनाले साथीको हातबाट ज्यान गुमाउनुपरेको हो। ज्यान गुमाउनेमा गोरखा आरु चानौटे स्थायी घर भई काठमाडौं सामाखुसीस्थित रेडन कलेजमा अध्ययनरत १८ वर्षीय प्रज्वल कार्की छन्।
गत वैशाख २८ गते नगरकोट घुम्न भनी हिँडेका धापासी ८ का वर्ष १८ का मनीष लुइँटेल र कार्की तेलकोटमा पुगेपछि आपसमा गाडी कुन बाटो लैजाने भन्नेमा विवाद भई हातपात र ढुंगामुढा हुँदा कार्कीले ज्यान गुमाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लुइँटेलले कार्कीमाथि ढुंगा प्रहार गरेका थिए। पहिलो प्रहार छलेका कार्कीले लुइँटेलको दोस्रो प्रहार छल्न नसकेपछि उनी सडकमै ढल्न पुगेको महानगरीय प्रहरी परिसर भक्त पुरका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरि ओझाले जानकारी दिए।

प्रहरीले घटनामा मुख्य दोषी लुइँटेल देखिए पनि अन्यले झूटा बयान दिएको र घटनालगत्तै फरार रहेकाले आठैजनाविरु द्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा लगाएको छ।
घटनामा लुइँटेलसँगै दार्खा ४ धादिङका पञ्चबहादुर तामाङ, च्याङली ८ गोरखका सोनु कुमाल, अर्चलबोट ८ लमजुङका प्रमोद मरह_ा, ताप्ले ८ गोरखाका योगेन्द्र पोखरेल, काउले ५ नुवाकोट बस्ने मेयर मोक्तान, भोटेओडार ८ लमजुङका तेजबहादुर तामाङ र राखु ८ म्याग्दीका नारायण भण्डारीको संलग्नता रहेको भन्दै प्रहरीले उनीहरूविरुद्ध सर्वस्व सहितसहित जन्मकैद माग गर्दै मुद्दा दायर गरेको छ। सरकारी वकिलको कार्यालयले थप अध्ययन गरेपछि मात्रै मुद्दा अदालत पुग्ने अनुसन्धान अधिकृत प्रहरी निरीक्षक ओझाले बताए।

'घटनामा मनीष दोषी देखिए पनि अन्य सातजनाले झूटो बयान दिएको र फरार रहेकोले उनीहरूलाई पनि दोषी ठहर गरेर कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेका छौं', उनले भने। उनले पीडित पक्षले स्वतन्त्र अनुसन्धानमा बाधा पु:याएकोले पनि घटनासम्बन्धी अनुसन्धानमा ढिलाइ भएको बताए।

यसैबीच मृतक कार्कीको परिवारले सोमबार पत्रकार सम्मेलन गरी सरकारी वकिल र प्रहरीले हत्यामा संलग्नलाई बचाउन खोजेको आरोप लगाएका छन्। मृतकका बाबु देवनबहादुर कार्कीले छोराको हत्यामा संलग्न मनीष नेपाल प्रहरीको महाराजगन्जस्थित तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक मधुसूदन लुइँटेलका छोरा भएकाले उनलाई बचाउन सरकारी वकिल र भक्तपुर प्रहरी लागिपरेको आरोप लगाएका छन्। 'कुनै बोधो चिज प्रयोग गरी बायाँ कानमुनि हानेको र त्यसको कारणले दिमागमा रगत सञ्चार गर्ने नसा फुटेर मृत्यु भएको' पोस्टमार्टम रिपोर्ट आउँदा पनि प्रहरीले सडकमा रहेको ढुंगामा ठोक्किएर मृत्यु भएको मुचुल्का सदर गरेर हत्यारालाई उन्मुक्ति दिन लागेको उनको भनाइ थियो।

कार्कीले घटनाको कानुनी उपचारमा संलग्न सरकारी वकिल भरतमणि रिजालले प्रतिवादीसँग भेट गरी सबैलाई एकै किसिमको बयान दिएर सामान्य दुर्घटना बनाउन उक्साएको आरोप लगाए।

'वादीको तर्फबाट मुद्दा हेर्ने सरकारी वकिल भरतमणि रिजालले समेत डीएसपी लुइँटेलको प्रभावमा परी प्रतिवादीसँग भेटे', उनको आरोप थियो, 'उनले प्रतिवादीका आठैजनालाई भेटेर एउटै बयान दिएर घटनालाई सामान्य दुर्घटनाको रूपमा लैजानुपर्छ।

उनले सुरु मा घटना हेर्ने परिसरका प्रहरी निरीक्षक यादव ढकालले समेत डीएसपी लुइँटेलको प्रभावमा परेर घटनालाई क्षतिपूर्तिमै टार्न खोजेको आरोप लगाए। प्रहरी निरीक्षक यादवकै दबाबमा आएका मनीषबाहेक सातजनाले प्रज्वलको मृत्यु सडकमा लडेर भएको झूटो बयान दिएन छन्। प्रहरी निरीक्षक यादवमाथि मृतकका परिवारले अविश्वास गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त घटनाको अनुसन्धान अधिकृत फेरेर अर्को प्रहरी निरीक्षक हरि ओझालाई जिम्मेवारी दिएको छ।

, ,

news and entertainment