सन्नीलाई रणवीरसँग देख्ने पतिकै इच्छा

एजेन्सी, ४ असार, बलिउडमा 'बेबी डल' ले प्रख्यात बनेकी पोर्न स्टार सन्नी लियोनलाई बलिउड स्टार रणवीर कपुरसँग देख्न चाहेको सन्नीकै पति डेनियलले बताएका छन् । 'टायम्स आफ इन्डिया' लाई एक इन्टरभ्यू दिँदै डेनियलले यस्तो इच्छा व्यक्त गरेका हुन् ।

'जिस्म २' बाट बलिउड नगरीमा पाइला टेकेकी सन्नी लियोनलाई फिल्म 'रागिनी एमएमएस २' ले एक अभिनेत्रीको रुपमा उभ्याइ दिएको छ । बलिउडमा राम्रो प्रभाव जमाएपछि अब बलिउडका स्टारहरुसँग सँगै काम गरेको देख्ने इच्छा भएको डेनियलले बताएका छन् । डेनियलको पहिलो रोजाइमा रणवीर कपुर परेका छन् ।

डेनियलले भने – 'आफ्नो देश छोडेर यहाँ आउने सन्नीको त्यागले मलाई अन्त्यमा खुसी तुल्याएको छ । उनी यहाँ लोकप्रिय र स्थापित हुने क्रममा छिन्, म उनलाई एक प्रख्यात नायिकाको रुपमा हेर्न चाहन्छु ।'

'रागिनी एमएमएस २' को चर्चा सेलाउन नपाउँदै अब सन्नी लियोन प्रितिश नन्दीको नयाँ फिल्ममा चाँडै नै देखिने भएकी छिन् ।


, ,

news and entertainment