एउटै पुस्तकको मूल्य १ करोड ४२ लाख डलर

अमेरिकामा छापिएको पहिलो पुस्तक  एक करोड ४२ लाख ६५ डलरमा विक्री भएको छ। सन् १६४० मा प्रकाशित ६ गुना पाँच इन्चको यो धार्मिक पुस्तक खरिद गर्ने अमेरिकी व्यापारी एवं परोपकारी डेविड रुबेंस्टियन हुन् । उनले यसका लागि फोनमै बोली लगाएका हुन् ।
‘द बे साम बुक’ नामको यो पुस्तक दुर्लभ मात्र होइन, एउटा देशको भविष्य प्रतित हुने भएकाले पनि ठुलो महत्व रहेको बताइएको छ। लिलामघर सोदबीले यो पुस्तकको डेढ करोडदेखि तीन करोड डलरबीच विक्ने अनुमान गरेको थियो । यो पुस्तक बोस्टन ओल्ड साउथ चर्चको संग्रहको एउटा महत्वपूर्ण हिस्सा थियो । यो चर्चसँग यो पुस्तकको दुई प्रति छ।
रेकर्ड ब्रेक गर्ने गरी भएको लिलामीपछि चर्चका बरिष्ठ अधिकारी नैन्सी टेलरले भने, यो हाम्रा लागि निकै धेरै हो । हामी जसरी परोपकार गर्दछौ, त्यसकालागि यो निकै महत्वपूर्ण हुनेछ।
शुद्धतावादीहरुको सन् १६३० मा इंग्ल्याण्डबाट अमेरिकाको म्यासाचुएट्सतर्फ भएको महा विस्थापनको केही वर्षपछि विस्थापित भएका मानिसहरुले आफ्नो भजनलाई एउटा पुस्तकमा समेट्ने र त्यसलाई प्रकाशित गर्ने निर्णय गरेका थिए ।
उनीहरुसँग साथमा भजनका कितावहरु थिए । तैपनि त्यो हिब्र भाषामा थियो । र यसको अनुवाद अंग्रेजीमा गर्न चाहन्थे ।
लण्डनबाट इंग्लिस लाइसेन्सिङ कानुनबाट जोगिएर सन् १६३८ मा २४० रिमको कागजका साथ एउटा प्रिन्टिङ प्रेस पनि ल्याइएको थियो । यो परियोजनाका लागि रेवरेन्ड जोन्स ग्लोवरले चन्दा संकलन गरेका थिए । तर, यात्राका क्रममा मृत्यु भयो । उनकी विधवा क्याब्रिजमा बस्न थालिन् । म्यासाचुएट्समा उनले प्रेस स्थापना गरिन् । यो प्रेस स्टीफन डेले चलाएका थिए । जो ग्लोवरका नोकर थिए । र, उनले सन् १६४० मा हिब्रुबाट अंग्रेजीमा अनुवादित भजनहरु समेटेर ३४० पृष्ठको पुस्तक १७०० प्रति प्रकाशन गरे । यही पुस्तकलाई ‘द बे साम बुक’ नामबाट जान्न थालियो ।
यो पुस्तक सबै उपनिवेशमा रहेका मण्डलीहरुमा प्रयोगका लागि राखिएको थियो । अघिल्लो सताब्दीमा यो पुस्तक ५० भन्दा बढी पटक पुनः प्रकाशन गरियो । तर, पहिलो संस्करणका प्रतिहरु दशकभरमै काम नलाग्ने गरी फाटे ।
‘द बे साम बुक’ को एक प्रति फिलाडेल्फिया रोजोनबाक पुस्तकालयमा राखिएको छ। यो पुस्तककालयका निर्देशक डेरिक डेरहर भन्छन्–यो कुनै यस्तो किताव थिइन जसलाई काल्पनिक, भड्किलो या कुनै अरु रुपबाट मूल्यवान बनाएर प्रकाशन गरिएको होस् । यसको एउटै मूल्य थियो, त्यो हो यसको पाठ्यसामग्री ।
हाल यसको एक मात्र प्रति बचेको अनुमान छ । बोस्टनको ऐतिहासिक ओल्ड साउथ चर्चमा राखिएको दुई प्रतिमध्ये एउटा सोदबीले लिलाम गरेको हो ।
द ओल्ड साउथ चर्चका अनुसार यसको अन्तिम कपी बेच्ने कुनै योजना छैन । यो पुस्तकको बाँकी ९ प्रति प्रमुख संग्रह र पुस्तकालयमा छ । यसअघि सबैभन्दा महंगो पुस्तकको रेकर्ड जाँन जेम्सको ‘आडुबान्स बर्डस् अफ अमेरिका’ को नाममा थियो । यो पुस्तक सन् २०१०को डिसेम्बरमा साढे ११ लाख डलरमा विक्री भएको थियो । द बे साम बुकको एक प्रति सन् १९४७ मा एक लाख ५१ हजार डलरमा लिलाम भएको थियो । त्यतिबेला पनि यो कितावले गुटेनबर्गको बाइबल ओल्ड टेस्टामेन्ट, शेक्सपियरको फर्स्ट फोलियो र ब्राइड अफ अमेरिकाको तुलनामा रेकर्ड बनाएको थियो ।
आफ्नो खराब हालतका कारण भइरहको आलोचनाका बावजुद पनि द बे साम बुक ले यो उपलव्धी हासिल गरेको थियो । प्रकाशक र लेखक इसाह थमसले दुई सय वर्षअघि लेखेका थिए कि छाप्ने क्रममा यसमा धेरै गल्ती रहेका छन् । उनले लेखेका थिए, यसले राम्रो कारिगरी प्रदर्शन गर्दैन । यसको कम्पोजिटर विराम चिन्हरु लगाउन पूर्ण रुपमा अन्जान थिए ।
यसको अनुवादका कारण पनि आलोचकहरुको ध्यान चिखेको थियो । अध्येताहरुका अनुसार हिब्रु भाषाबाट अंग्रेजीमा अनुवादमा अन्तरआत्माको आवाजको साहरा बढी लिइएको छ।  बिब्लोग्राफिकल सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष जान हुवर भन्छन्–द बे साम बुक मा आएका केही हिब्रु शब्दबाट उपनिवेशको विद्वताको जानकारी पाउन सकिन्छ । एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment