सुशील, बाबुराम र राजेन्द्रमाथि जबरजस्ती अभियोग

कालिकोट, २२ जेठ । बालिकालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा सिप्राखाना–२ का १८ बर्षीय राजेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउतले जेठ १८ गते दिउसो सोही ठाउँ बस्ने ४ बर्षीया बालिकालाई जवरजस्ती अनुचित कार्य गर्न खोजेका थिए । बालिकालाई जवरजस्ती गर्न खोजको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैबीच होटलमा काम गर्ने महिलालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा ललितपुर उपमहानगरपालिका–२ बस्न २८ बर्षीय सुशिल थापा र सानेपा बस्ने ३० बर्षीय बाबुराम थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले जेठ १८ गते धादिङ जिल्ला गजुरी–२ स्थित जनप्रिय होटलमा खाना खाई सोही होटलमा काम गर्ने महिलालाई शौचालयमा लगेर जवरजस्ती गर्न खोजेका थिए ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

via nepalpati भिडियो हेर्न तल क्लिक गर्नुहोस्

,

news and entertainment