तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु (तस्वीर सहित)

१९ जेठ, प्युठान ।
प्यूठानको गोठिबाङ लामाचौरमा भारतीय तिर्थयात्रु बोकेको बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । प्युठानको भिङग्रीबाट कृष्णनगर जादै गरेको लु १ ख ३८०३ नम्वरको बस दुर्घटनामा दुईदर्जन भन्दा बढी घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

प्युठानको प्रसिद्ध तिर्थस्थल स्वर्गद्धारीको दर्शन गरि यात्रुहरु फर्कदै गरेका थिए । घाइतेहरुलाई प्युटान र दाङमा उपचारकालागी लगिदै छ । प्रहरी घठनास्थलमा पुगी घाईतेहरुको उद्धार गरिरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment