बैंकहरु पनि डनको शरणमा

जेठ १९ ,काठमाडौं । पछिल्लो समयमा बैंकहरुमा डन (तेस्रो पक्ष) मार्फत गाडी थुत्ने (समात्ने) प्रचलन बढेको छ ।

गाडी थुत्ने प्रक्रियामा सरकारी निकाय (नेपाल प्रहरी र ट्राफिक प्रहरी)ले आवश्यक सहयोग नगरेकोले विकल्पका रुपमा तेस्रो बाटो रोज्नु परेको बैंकहरुले बताएका छन् ।

सवारीसाधन (सानादेखि ठूलासम्म सबै) खरिदका लागि आफूले प्रदान गरेको कर्जा निर्धारित समयमा नउठेको अवस्थामा बैंकहरुले सम्बन्धित सवारीसाधन फिर्ता लिने गरेका छन् । सोही अवस्थामा त्यस्ता सवारीसाधन बैंकसम्म ल्याउन वा कहाँ छ भनेर जानकारीका लागि उनीहरुकै भाषामा एजेन्ट (डन) को सहायता लिने प्रचलन बढेको हो ।

‘जसरी भएपनि कर्जा त उठाउन पर्‍यो,’ एक बैंकरले भने, ‘बरु २र४ हजार खर्च गर्न बैंक तयार छ ।’ अहिले अधिकांश वाणिज्य बैंक, केही ठूला विकास बैंक र फाइनान्स कम्पनीहरुले यस्तो कर्जा (सवारीसाधनमा प्रवाह भएको) उठाउन डनहरुसँग आन्तरिक रुपमा लिखित सम्झौता नै गरेको विश्वसनीय स्रोतले बताएको छ ।

बैंकले तोकिएको रकम त्यस्ता व्यक्तिका खातामा जम्मा गरिदिने गर्छन् । नेपालमा यो गैरकानुनी अभ्यास भएकाले उक्त व्यक्ति (पार्टी) बारे बैंकका सीमित व्यक्तिहरुलाई मात्र जानकारी हुन्छ ।

,

news and entertainment