घुस लिँदै गर्दा पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौं, जेठ २० – निर्माण सेवा कम्पनीलाई छिटो-छरितो इजाजत पत्र बनाइदिने भनी घुस लिँदै गर्दा रंगे हात पक्राउ गरेका जिल्ला प्राविधिक कार्यालय, काठमाडौंका इन्जिनियर शालिकराम देवकोटाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहित नायव सुब्बा रुकु खत्री र जिल्ला काभ्रे, भुम्लुटार-७ बस्ने रेशमबहादुर तामाङविरुद्ध पनि मुद्दा दायर गरेको हो ।
इन्जिनियर देवकोटाले ब्रदर्स निर्माण सेवा कम्पनीलाई ‘घ’ वर्गको निर्माण इजाजत दिने भन्दै एक लाख घूस लिएका थिए ।
उनलार्इ भ्रष्टाचार निवारण ऐन ऐनको दफा ३ को उपदफा १ तथा ३ (१) को खण्ड (ग) बमोजिम सजाय हुन माग गरिएको अख्तियारले जनाएको छ । अख्तियारले नायव सुब्बा खत्रीलाई ऐनको दफा ३ को उपदफा १ तथा दफा ३(१) को खण्ड (क) बमोजिम र तामाङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम हदैसम्मको सजायको मागदाबी गरेको छ ।