जापानको फुकुओकामा एक नेपाली विद्यार्थी मृत भेटिए

२१ जेठ,  फुकुअोका । जापानको फुकुअोकाबाट केहीदिन अघि वेपत्ता भएका एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । १४ महिना अघि बिद्यार्थी भिषामा जापान आएका फुकुओकाको हाकाता कु योसिजुकामा बस्ने काठमाडौं नयाँ पाटी सुन्दरीजलका २१ बर्षीय बिरमान लामा बुधवार मृत फेला परेका हुन् । लामा गत मे ३० तारिख देखि सम्पर्कविहीन भएका थिए ।

 फुकुओकाको आईवा गाईगो गाकुईन जापानीज भाषा बिद्यालयमा अध्ययनरत लामाको शब सामुद्रिक किनारमा फुकुओका प्रहरीले फेला पारेको जापानवाट सञ्चालित न्युज पोर्टल टोक्यो नेपालले जनाएको छ ।  लामाको शव फेला पारेपछि उनले पढ्दै आएको आईवा गाईगो गाकुईन जापानीज भाषा बिद्यालयलार्इ खबर गरेको थियो । लामा समुद्रमा मृत फेला परेकाले आत्महत्या नभैइ हत्या भएको हुन सक्ने प्रहरीले आशांका गरिएको छ र प्रहरीले पोष्टमार्टमपछि मात्रै थप जानकारी गराउन सक्ने वताएको छ । लामाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
 लामाले पछिल्लो समयमा आफूलाई आत्मविश्वास घट्दै गएको अनुभव भएको र मुटु सम्बन्धी केही समस्या देखिएको बताएको उनलाई गत महिना मात्र भेटेर नेपाल फर्कनुभएका उनका भाषा शिक्षक राजीव बज्रचार्यले बताए । तर उनको मृत्यु बारे आफूले पनि यथार्थ जानकारी पाइनसकेको बज्रचार्यले बताउनुभयो ।
 साथीसँग बस्दै आएका लामा मे ३० तारिख देखि सम्पर्क बिहिन भएका थिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

,

news and entertainment