भुवन केसीलाई अपहरण गर्ने सहसेनानीसहित ७ जना पक्राउ
३१ जेठ, काठमाडौं ।
अपहरणमा परेका काठमाडौं महानगरपालिका–४ बस्ने गुल्मी जिल्ला जैसीथोक घर भएका ३७ वर्षीय भुवन केसीलाई प्रहरीले उद्धार गरी अपहरणकारी ७ जनालाई पक्राउ गरेको छ । केसीलाई काठमाडौं महानगरपालिका–१४ ठमेलबाट नेपाली सेनाका सहसेनानी राधाकृष्ण खड्कासहित ७ जनाले जेठ २८ गते अपहरण गरी लगी बन्धक बनाई राखेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई रविभवनस्थित तन्दुरी क्याफेबाट गएराति १२ बजेतिर ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
अपहरणकारीमध्ये सहसेनानी खडकालाई आबश्यक कार्वाहीको लागि सैनिक प्रहरी गण भद्रकाली बुझाइएको छ भने अपहरित केसीलाई आफन्तको जिम्मा लगाइएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
