“मोदीले पाकिस्तानी प्रधानमन्त्रीलाई स्कुले बच्चा झै व्यवहार गरे”
काठमाण्डौ, २० जेठ । भारतमा गएको हप्ता भएको प्रधानमन्त्री सपथ ग्रहण समारोहमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई स्कुले बच्चा जसरी व्यवहार गरिएको पाकिस्तानका तहरीक ए इंन्साफका अध्यक्ष इमरान खानले बताएका छन् ।
पाकिस्तानमा रहेको डन अनलाइनमिडियालाई बताउँदै उनले भनेका छन्,‘मोदीले गरेको यो कुटनीतिक चालले काश्मिरलाई लिएर चलिरहेको वार्तामा असर पुगेको छ ।’
उनले मोदीलाई प्रश्न गरेका छन्,‘भारतमा नवाजलाई बोलाएर नवाजसँग वार्ता गर्न मिल्ने तर हुरियत प्रतिनिधिसँग वार्ता गर्न किन नमिल्ने ?’
पाकिस्तानको राष्ट्रिय सुरक्षा र विदेश मामिलाका सल्लाहाकार सरताज अजिजले देशमा कुटनीतिक हिसाबले पहिलो पटक यसरी मोदीले पाकिस्तानका प्रधानमन्त्रीलाई बोलाएको बताएका छन् ।
मोदी र नवाजबिच २७ मेमा वार्ता भएको थियो । आतंकवादी संगठनहरुलाई लिएर गरिएको दिपक्षीय वार्तामा आतंवादले दुई देशलाई समस्यामा पारेको निष्कर्ष निकालिएको थियो ।