के दौरासुरुवाल लगाएर आउलान् त मोदी नेपालमा?

भारतको इन्डिया टुडेले उनीहरुका प्रधानमन्त्री नरेन्द्र मोदीको गोप्य फोटो एल्बम भन्दै नेपाल भ्रमणमा आउँदा लगाउने यो दौरासुरुवालको फोटो राखेको छ। के साँच्चै यस्तै पहिरनमा उनले नेपाल भ्रमण गर्लान् त ?
‘अबकी बार, मोदी सरकार’ भारतका मतदाता नभए पनि भारतीय टेलिभिजन च्‍यानलमा अभ्यस्त नेपालीहरुले बारम्बार सुनेको/हेरेको विज्ञापनको नारा हो यो। उनै मोदी चुनाव जितेर अहिले त्यहाँका प्रधानमन्त्री छन्। सार्क शिखर सम्मेलन अघि नै उनी नेपाल भ्रमणमा पनि आउँदैछन्। चुनाव प्रचार ताका जुन राज्यमा गयो, त्यही राज्यको पहिरनमा देखा पर्ने मोदीले के विदेश जाँदा पनि त्यस्तै गर्लान् भन्दै ‘इन्डिया टुडे’ ले यो रमाइलो फोटो फिचर छापेको हो।

नेपाल आउँदा दौरा सुरुवाल लगाए पनि नलगाए पनि नेपालको संसद्‍मा सम्बोधन गर्दा भने मोदीले हिन्दी भाषा बोल्ने पक्कापक्की छ। भुटानमा त बोले भने नेपालमा त नेपाली सां‌सद्हरु नै हिन्दी बोल्छन्, उनलाई झन् सजिलो ! भुटानको संसद्‍मा जिब्रो चिप्लेर भुटानलाई नेपाल भने जस्तो नेपाललाई अर्थोकै केही चाहिँ नभनिदिए हुन्थ्यो।
via mysansar 

,

news and entertainment