नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन बाबुराम भट्टराई

२०५८ जेड १९ गते नेपाली इतिहासमा अर्को एउटा कोतपर्व् घट्यो । राजा वीरेन्द्र सहित राजपरिवारका प्रायः सबै सदस्यहरुको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य(तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका(उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । ्ुपाप धुरीबाट कराउँछ्भनेझैं त्यस घटनबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ । तर यतिबेला सरकारी सूत्रहरु र तिनका विदेशी मालिकहरुबाट जुन कुराहरु प्रचारमा ल्याइएको छ, त्यसलाई पत्याउन नेपाली जनता पटक्कै तयार छैनन् । खासगरी जुन ढंगले ्ुप्रेम प्रसङ्ग्ु र ्ुदुर्घटना्ु को प्रायोजित सिद्धान्त प्रचारमा ल्याएर त्यसभित्रको गम्भीर राजनीतिक षडयन्त्रलाई ढाकछोप गर्ने प्रयास सत्तापक्षबाट भइरहेछ, त्यसले नै शङ्काको सुई उनीहरुतिरै फर्काइरहेको छ र नेपाली जनताको सत्य(तथ्य बुझ्ने अधिकारलाई अरु बल पुर्‍याइरहेको छ । त्यसैले घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ ्ुकोतपर्व्ु का baburamखलनायकहरुलाई बेनकाव गर्न यतिवेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरुले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ । प्रतिक्रियावादी विश्व दृष्टिकोणले कुनै ऐतिहासिक घटनालाई एउटा फगत आकस्मिकताको रुपमा मात्र प्रस्तुत गर्न खोज्छ र घटनाको प्रमुख कारक तत्व अमूक व्यक्तिलाई बनाउन खोज्छ, साथै त्यसले घटना प्रक्रियाको अन्तर्वस्तुलाई लुकाएर त्यसको बाहिर सतहमा देखिने रुप पक्षमा मात्र एकपक्षीय जोड दिन्छ । त्यसरी हेर्दा नारायणहिटीभित्र घटेको नयाँ ्ुकोतपर्व्ु मा कुनै व्यक्ति विशेषको प्रेम प्रसङ्गले निर्णायक भूमिका खेलेको जस्तो देखिन सक्छ, जसलाई सुरुमा सरकारी सञ्चार माध्यमले र मूख्यतः उनीहरुका विदेशी मालिकहरुका सञ्चार माध्यमले निकै जोडतोडका साथ प्रचार गरेको पाइयो । पछि फेरि बडो नाटकीय ढङ्गले स्वचालित बन्दुक आफैं पड्केर मुख्य व्यक्तिहरुलाई छानी(छानी मारेको अत्यन्त हास्यास्पद कुतर्क सो काण्डका खलनायकहरुबाटै अघि सारेको पाइयो । जसमा सायद सो काण्डमा बाचेका अन्य शाही परिवारका सदस्यहरुको चश्मदीद गवाहीको डरले काम गरेको हुन सक्छ । निश्चित रुपमा इतिहासका कतिपय घटनाहरु फगत संयोगको रुपमा घट्छन् र कुनै व्यक्ति विशेषको अचेतन सनकले पनि निर्णायक भूमिका खेल्न सक्छ । तर त्यस्तो अपवाद स्वरुप घट्ने घटनाको पनि एउटा पत्यारलाग्दो शृङ्खला हुन्छ, जुन वर्तमान घटनामा देख्न सकिंदैन । एउटा भावी राजाले प्रेममा पागल भएर गद्दी त्याग गर्न सक्छ तर त्यत्तिकै निम्ति आफ्ना पूरै शाखा सन्तान र स्वयं आफुलाई भौतिक रुपले समाप्त गर्न सक्दैन । झन् एउटा स्वचालित बन्दुक आफसेआफ कुनै अति सुरक्षित कोठाभित्र पसेर देशको राष्ट्राध्यक्ष लगायत एउटा परिवारका सबैलाई छानी(छानी मार्ने र अर्को परिवारका सबैलाई चोखै छोड्ने काम गर्न सक्छ भन्नु एउटा सामान्य सास फेर्ने प्राणीको सहजबुद्धिको समेत अपहेलना गर्नु हो, विज्ञान र तर्कको त कुरै छाडौं । संसारमा विभिन्न प्रकारका यन्त्रमानवको आविष्कार भएको सुनिन्छ, तर यति सचेत र अचुक यन्त्रमानवको आविष्कार यदि कसैले गरेको हो भने उसलाई नारायणहिटीको गद्दी मात्र होइन दिल्ली दरवार र ह्वाइट हाउसकै गद्दी सुम्पनु पर्ने हो कि रु प्रतिक्रियावादी विश्वदृष्टिकोणको विपरित प्रगतिवादी द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणले कुनैपनि घटनालाई जीवन र जगतका निरन्तर गतिमा रहेको वस्तुगत प्रक्रियाको अभिव्यक्तिको रुपमा बुझ्दछ र त्यो ऐतिहासिक आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक मेलका रुपमा प्रकट हुने मान्दछ । त्यसरी हेर्दा कुनै ऐतिहासिक घटनामा त्यसभित्र अन्तर्निहित पक्षको निर्णायक र प्रधान भूमिका हुने तर बाहिर देखिने पात्रहरु निमित्त पात्र मात्र हुने वा एउटा आकस्मिकताको रुपमा मात्र प्रकट हुने कुरा बुझ्न सकिन्छ । त्यसैले नारायणहिटी दरवारभित्र घटेको यो नयाँ कोतपर्व देशमा तीव्र गतिले बदलिंदो राजनीतिक र वर्गीय शक्ति सन्तुलनको अभिव्यक्तिको रुपमा हेर्नु र बुझ्नु अनिवार्य हुन्छ । पृथ्वीनारायण शाहको नेतृत्वमा सवा दुई सय वर्ष पहिले स्थापित नेपालको केन्द्रीय राज्यसत्ता सुगौली(सन्धीदेखि २००७ साल र २०४६ साल हुँदै २०५८ सालसम्म आइपुग्दा जुन प्रकारले तीव्र सङ्कटमा परेको थियो, त्यसैलाई उही पुरानै स्वरुपको वर्गीय नेतृत्व अन्तर्गत टिकाइ राख्नु सम्भव थिएन र छैन । फेरि नेपालको विशिष्ट भू(राजनीतिक सन्दर्भ र विश्व तथा दक्षिण एशियामा तीव्र रुपले परिवर्तित हुँदै गइरहेको शक्ति सन्तुलनको हेरफेरको स्थितिमा नेपालको राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षण पुरानो रुपमा भइरहनु अत्यन्त कठिन बन्दै गइरहेको थियो र छ । यहाँनेर विशेष रुपले स्मरणयोग्य के छ भने सुगौली(सन्धी पश्चात नेपालको केन्द्रीय राज्यसत्तामा पहिले ब्रिटिश भारतीय उपनिवेशवाद र पछि भारतीय विस्तारवादी शक्तिको झण्डै निर्णायक प्रकृतिको पकड रहने गरेको छ । त्यसैले देशभक्त भिमसेन थापाको हत्या र त्यसपछिको कोतपर्वमा ्ुअंग्रेजको कुकुर्ु ९शब्द साभारः कार्लमाक्र्स० जङ्ग बहादुर राणाको उदयदेखि पछि प्रायः सबै सत्ता परिवर्तनहरुमा साम्राज्यवादी र विस्तारवादीहरुको प्रत्यक्ष हात रहने गरेको कुराको साक्षी नेपाली इतिहास छ । नारायणहिटीमा घटेको यो पछिल्लो ्ुकोतपर्व्ु पनि त्यसैको एउटा कडी मात्र भएको कुरा बुझ्न नेपाली देशभक्तहरुलाई कुनै कठिनाई हुँदैन । आखिर यतिवेला नै राजा वीरेन्द्र र उनको सम्पूर्ण परिवारको हत्या किन गरियो त रु साम्राज्यवादीहरु र विस्तारवादीहरुको नजरमा उनको मुख्य अपराध के थियो त रु जुनसुकै विचारधारा अङ्गाल्ने भएपनि सबै देशभक्त र इमान्दार नेपालीहरुले के कुरा निर्धक्क स्वीकार्नु पर्छ भने सामन्ती वर्गमा पैदा भएपनि राजा वीरेन्द्रको सापेक्ष देशभक्तिको भावना र उदार राजनीतिक चरित्र नै साम्राज्यवादी र विस्तारवादीहरुको आँखामा उनको सबैभन्दा ठूलो ्ुकमजोरी्ु वा ्ुअपराध्ु थियो । २०४६ को एकतर्फी भारतीय आर्थिक नाकावन्दी र त्यसपछिको जनआन्दोलनको बेला उनले विस्तारवादीहरुको सामुन्ने झुक्नु भन्दा आफ्नै जनताको सामु झुक्ने जुन प्रतिवद्धता देखाए, त्यो विस्तारवादीहरुलाई पट्टक्कै मनपरिरहेको थिएन । पछिल्लो चरणमा खासगरी नेकपा ९माओवादी० को नेतृत्वमा युगान्तकारी जनयुद्धको थालनी भएपश्चात् त्यसको विरुद्धमा आफूप्रति परम्परागत रुपमा वफादार रहेको साही सेनालाई परिचालन गर्न उनले जुन आनाकानी गरे साम्राज्यवादी र विस्तारवादीहरुका निमित्त त्यो उनको सबैभन्दा ठूलो ्ुअपराध्ु ठहरियो । कतिपय माक्र्सवादी पण्डाहरुसमेतले यसै आधारमा हामीलाई राजावादी भनेपनि अब हामी निर्धक्क साथ के भन्न सक्छौ भने कतिपय राष्ट्रिय प्रश्नहरुमा राजा वीरेन्द्र र हाम्राबीचमा समान सोंचाइहरु थिए र त्यसले कतिपय प्रसङ्गहरुमा हामीलाई अघोषित कार्यगत एकता गराइरहेको थियो । यो कुराबाट विस्तारवादीहरु र तिनीहरुका दलालहरु त्रसित हुनु विल्कुल स्वाभाविक थियो । केही समय यता अमेरिका र चीनबीच बढ्दै गएको अन्तरविरोध र अमेरिका र भारतबीच बढ्दै गएको साँठगाँठको पृष्ठभूमिमा चीन र हामी माओवादीहरुसँग ्ुनरम्ु देखिने राजा वीरेन्द्र अमेरिकी साम्राज्यवादीहरु र मुख्यतः भारतीय विस्तारवादीहरुको आँखाको कसिङ्गर बन्नु झन स्वाभाविक भयो । भारतीय विस्तारवादको नीति नेपाललाई सिधैं ्ुसिक्किम्ु बनाउनुको सट्टा पहिले ्ुभुटान्ु बनाएर पछि ्ुसिक्किम्ु बनाउने नयाँ ग्राण्ड डिजाइनमा बदलियो । सिआईए ९दिल्लीमा शाखा खोलिएको एफबिआई मार्फत्० को सहमतिमा ्ुर्ु ले यस सम्बन्धी रणनीतिको तर्जुमा गर्‍यो । दन्त्य कथाको छट्टु स्यालले ्ुचील आएको्ु हल्ला गरेर कुखुरा चोर्ने गरेझै आईएसआईको हौवा खडा गरेर ्ुर्ु ले दरवारभित्र समेत आफ्नो पहुँच बनायो र ्ुभुटानीकरण्ु को निमित्त नयाँ ्ुजिग्मे सिंघे्ु मार्फत् दरावारभित्रैबाट यो ्ुकोतपर्व्ु को मञ्चन गरियो । पहिले नै गिरिजाको रुपमा ्ुलेण्डुप दोर्जे्ु पाइसकेको ्ुर्ु ले अब ्ुजिग्मे सिंघे्ु र ्ुलेण्डुप दोर्जे्ु को नयाँ गठबन्धन नेपालमा गराएर ्ुभुटानीकरण्ु हुँदै ्ुसिक्किमीकरण्ु गर्ने बृहत् रणनीति कार्यान्वयन गरेको कुरामा अब कसैलाई कुनै शङ्का नभए हुन्छ । यो स्थितिमा देशभक्त नेपालीहरुको नयाँ दायित्व के हुनु पर्ला त रु हाम्रो पार्टीका अध्यक्ष क। प्रचण्डले जारी गर्नुभएको प्रेस वक्तव्यले सम्पूर्ण देशभक्त नेपालीहरुलाई नयाँ ढङ्गले सोच्न र नयाँ आधारमा नयाँ एकता कायम गरेर अघि बढ्न आ≈वान गरीसकेको छ । त्यसलाई गम्भीरतापूर्वक लिन जोड दिंदै हामी सबै देशभक्त, जनवादी र वामपन्थी शक्तिहरुसँग के विनम्र आग्रह गर्दछौँ भने घटनाक्रम जुन तीव्रताका साथ अघि बढिरहेको छ, त्यही तीव्रतामा हामीले हाम्रा सोच र गतिविधिलाई पनि उँचाइमा उठाउन जरुरी छ । आजको यो ऐतिहासिक मोडमा हामीले अलिकति पनि गल्ती गर्‍यौं भने त्यसले देश र जनताको निमित्त भयङ्कर दुष्परिणम ल्याउन सक्छ भने हाम्रो एउटा वुद्धिमतापूर्ण कदमले नेपाल र नेपालीलाई एक्काइसौं शताब्दीमा गर्व गर्न लायक स्थानमा पुर्‍याउनेछ । त्यसैले सर्वप्रथम हामीले यो नयाँ ्ुकोतपर्व्ु को पछाडिको ग्रायण्ड डिजाइन र तिनका सूत्रधारहरुलाई राम्ररी चिनेर जनसमक्ष नाङ्गेझार पार्नुपर्छ र अब अर्को ्ुकोतपर्व्ु लाई वैधानिकता दिन दृढतापूर्वक अस्वीकार गर्नु पर्छ । किनकि यो सन् २००१ साल हो, १८४६ साल होइन, यसबीचमा कोशी, गण्डकी र कर्णालीमा धेरै पानी बगेको मात्र होइन थुप्रै रगत पनि बगिसकेको छ । हाम्रा विभिन्न मतभिन्नताका वावजुद शाहवंशीय राजाहरु ९पृथ्वीनारायण शाहदेखि राजा वीरेन्द्रसम्म० को मुख्य योगदान भनेको पहिले अंग्रेज उपनिवेशवादीहरु र पछि भारतीय विस्तारवादीहरु विरुद्ध संघर्ष गरेर नेपाली सार्वभौमिकता र स्वतन्त्रताको रक्षामा योगदान दिनु हो । तर अब यदि कुनै ्ुशाह्ु ले विस्तारवादीहरुको आड लिएर नयाँ ्ुकोतपर्व्ु मार्फत् अर्को ्ुराणावंश्ु को थालनी गर्ने दुःस्वप्न देख्छ भने त्यसलाई नेपाली जनताले मान्यता दिने प्रश्नै उठ्दैन । पृथ्वीनारायण शाहदेखि वीरेन्द्रसम्मका राजाहरुले गरेको देशभक्तिपूर्ण कामको नेपाली जनताले युगयुगसम्म उच्च मुल्याङ्कन गर्ने छन् । तर ्ुकोतपर्व्ु बाट आएको ्ुजिग्मे सिंघे्ु लाई कुनै पनि हालतमा स्वीकार्ने छैनन् । यसै सन्र्दभमा ्ुदेश र नरेश्ु को सेवामा समर्पित शाही सेनाका अफिसर र जवानहरुले अब ्ुनरेश्ु को रक्षा गर्न नसके पनि ्ुदेश्ु को रक्षामा नयाँ ढङ्गले लाग्नु पर्छ र उनीहरुले दरवारभित्र जन्मेको विस्तारवादको कठपुतलीलाई होइन झोपडीमा जन्मेका नेपाल आमाका देशभक्त सपुतहरुलाई साथ दिनुपर्छ भन्ने हाम्रो हार्दिक आग्रह छ । देश गम्भीर स्थितिमा छ, त्यसैले देशभक्तहरुको एकता यतिबेला सर्वाधिक महत्वपूर्ण छ । २४ जेठ २०५८, कान्तिपुर दैनिक

,

news and entertainment