स्विस बैँकमा नौ अर्ब थुपार्ने को?

स्विट्जरल्यान्डको बैँकमा नेपालीहरुको नौ अर्ब २२ करोड रुपियाँ अर्थात आठ करोड ५० लाख स्विस फ्र्याङ्क जम्मा रहेको खुलेको छ। स्विजरल्यान्डको केन्द्रीय बैंक (हाम्रो नेपाल राष्ट्र बैँक जस्तो क्या) स्विस नेसनल बैंकले प्रकाशित गरेको बैंक्स इन स्विजरल्यान्ड २०१३ रिपोर्टमा नेपाली नागरिकको नाममा यति धेरै रकम रहेको खुलेको हो। अरु विवरण बैँकहरुले गोप्य राख्ने भएकोले कसको कति रकम रहेको भन्ने चाहिँ खुलेको छैन।

नेपालमा बैँकमा रकम राख्न आजभोलि दुनियाँ कागजात खोजिन्छ। रकमको स्रोतदेखि लिएर बाबु बाजेसम्मको नागरिकता खोजिन्छ। तर स्विस बैंकिङ प्रणालीमा राखिएको सम्पत्तिको स्रोत खोजिँदैन। कसको खाता हो त्यो विवरण पनि अत्यन्त गोप्य राखिने हुँदा विश्वभरको पैसा त्यहाँ पुग्ने गरेको छ। भ्रष्टाचारदेखि अरु गलत किसिमले कमाएको कालो धन पनि सुरक्षित राख्न त्यहाँ पुर्‍याउने गरेको बताइन्छ ।

,

news and entertainment