ठगि आरोपमा परे निर्देशक बद्री अधिकारी

जेष्ठ २१ बुधवार,काठमाण्डौ । गत चैत्र १२ मा अभिनेता दिनेश शर्माले बेल्जियम लगायतका देशमा नक्कली कलाकार बनाएर केहि मानिसलाई पठाइदिने भन्दै ४० जना व्यक्ति बाट चार करोड रुपैया ठगि गरेको घटना सार्वजनिक भएको थियो उक्त घटना राम्रो संग अझै सेलाउन नपाउदै अर्को घटना सार्वजनिक भएको छ । अहिले फेरी फिल्म निर्देशक बद्रि अधिकारी अर्थात नायिका केकीका पिता बद्रीलाई पक्राउ गरी सोधपुछ गरी छोडेको छ । फिल्मीबजार डटकम सँग कुरा गर्दै बौद्ध प्रहरी प्रभागका डिएसपी श्याम सिंह चौधरीले भने ‘पीडित र अधिकारीको जिल्ला अदालतमा मुद्दा चलिरहेको कारण सामान्य सोधपुछ गरी सोही दिन छोडियो’। निर्देशक अधिकारीले हिरा कुमारी तामाङ् र मिना कुमारी भण्डारीबाट पञ्चान्नब्बे लाख रुपैया लिएको पिडित बताउछन् । फिल्म बनाउनका लागि दिएको पैसा लामो समय हुदा पनि फिल्म नबनाए पछी पिडित महिलाले पटक पटक पैसा फिर्ता माग्दा अधिकारीले आलटाल गरेको पिडित पक्ष दाबि गर्छ । त्यो रकम कै कारण ति महिलाहरुको घरबार समेत तहस नहस भएको गुनासो गर्दै ति पीडित महिलाले भने यस्तो अवस्थामा हुँदा पनि रकम फिर्ता नगरेकाले बाध्यताले उजुरी गरेका हौ । पीडित महिलाकै उजुरीको आधारमा केहि दिन अघि बौद्ध प्रहरी प्रभागले नायिका केकीका पिता बद्रीलाई पक्राउ गरेका थियो । सोहि आरोपमा केकीकि माता अर्थात उनकि पत्नी लक्ष्मी अधिकारी पनि गत वर्ष पक्राउमा परेकी थिइन । तर सोही घटनामा नायिका केकीका बाबु बद्रीले यस अघि नै वाउन्स चेकमा महिलाले जर्बजस्ती हस्ताक्षर गर्न लगाएको उजुरी दिइसकेको र मुद्दा चलिरहेको कारण सोही घटनामा पक्राउ गर्न नमिल्ने भन्दै उनलाई छोडिएको थियो । ढुकुटी काण्डमा समेत धेरै फिल्मीकर्मी ठगिको काण्डमा मुछिएका अबस्थामा यो घटना सार्बजनिक हुनु यस्तै कारण नेपाली फिल्मी उद्योगलाई आम सर्बसाधारणले गलत नजरमा बुझ्ने गरेका छन् । अन्य देशमा कलाकार र फिल्म उद्योगलाई निकै सम्मान गरिन्छ तर कलिउडमा उद्योग संग सम्बन्धित फिल्मीकर्मीकै कारण नकारात्मक कोणले हेर्ने गरिएको छ । बिस्तारै माथि उठ्दै गरेको नेपाली फिल्मी बजार र कलाकारको भ्यालु यस्तै किसिमका कारण दिन प्रति दिन घट्ने निश्चित छ । तर यस अर्थमा सबै नराम्रो फिल्मीकर्मी को मात्र राज छ भन्न खोजिएको पनि होइन । यथार्थ यो हो कि सकरात्मक पाटोको प्रभाब भन्दा नकारात्मक पाटोको प्रभाबले चार गुणा फरक पर्दछ । ठग्न पल्केका केहि कलाकार र फिल्मीकर्मीका कारण आम फिल्मी उद्योग बद्नाम हुदैछ ।

filmybazar भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment