बच्चा अपहरण गरी २५ लाख फिरौती माग्ने दुई पक्राउ
सुर्खेत, जेठ २२
बच्चा अपहरण गरी २५ लाख रुपैयाँ फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर–८ कालुङचौकका ८ वर्षीय गणेश न्यौपानेलाई अपहरण गरी २५ लाख फिरौती माग्ने कालिकोटको मान्म–५ घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर–६ गणेशचौकमा डेरा गरी बस्ने मानबहादुर नेपाली र उनका भाइ मीनबहादुर नेपालीलाई सुर्खेतले प्रहरीले बिहीबार विहान ११ बजे पक्राउ गरेको हो।
नेपाली दाजुभाइले बुधबार साँझ साढे ७ बजे घरबाटै अपहरण गरेका थिए। उनीहरुले अपहरण गरी वीरेन्द्रनगरकै सम्राट होटलको कोठा नम्बर १ सय ५ मा बच्चालाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो। अपहणकारीहरुले नेपाली र हिन्दी दुवै भाषमा पत्र लेखी बिहीबार साँझ ५ बजेसम्म माग गरिएको रकम नदिए बच्चाको हत्या गरिदिने धम्की दिएका थिए। अपहरित बालक अध्ययन गर्ने सुप्रिम एकेडेमीमा पठाइएको पत्रमा फिरौती रकम सदरमुकामदेखि करिब १५ किलोमिटर पूर्वमा रहेको भेरी नदिको समझिघाट(लास पोल्ने ठाउँ)नजिकै राखिदिन आग्रह गरिएको छ।बच्चा अपहरण गरी २५ लाख रुपैयाँ फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर–८ कालुङचौकका ८ वर्षीय गणेश न्यौपानेलाई अपहरण गरी २५ लाख फिरौती माग्ने कालिकोटको मान्म–५ घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर–६ गणेशचौकमा डेरा गरी बस्ने मानबहादुर नेपाली र उनका भाइ मीनबहादुर नेपालीलाई सुर्खेतले प्रहरीले बिहीबार विहान ११ बजे पक्राउ गरेको हो।
बच्चाको अभिभावक बजारस्थित पसलमा रहेको बेला घरमा बच्चा एक्लै भएको मौका छोपी उनीहरुले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए। अपहरित न्यौपानेले भने, 'बुवाआमा पसलमा हुनुहुन्थ्यो, दाइ खेल्न जानुभएको थियो। म कोठाभित्र बसिरहेको बेला एक जना आएर बाबु एकछिन बाहिर आउ त भने, बाहिर आएपछि समाएर मोटरसकाइलमा राखेर लगे।'
पक्राउ परेका नेपाली दाजुभाइले बालकको अपहरण आफूहरुले गरेको स्वीकार गरेपनि अरुको दवावमा उक्त कार्य गरेको बयान प्रहरी समक्ष दिएका छन्। 'बच्चाको अपहरण नगरे तेरो श्रीमतिलाई बलात्कार गरिदिन्छौ भनेर दवाव दिएपछि भाइ र मैले उसको घरमै गएर अपहरण गरेका हौँ' मानबहादुर नेपालीको भनाइ उदृत गर्दै प्रहरी प्रमुख अधिकारीले भने। अपहरणमा अन्य तीन जना व्यक्तिहरु पनि संलग्न भएको सुचना पाएको र उनीहरुको खोजि कार्य भइरहेको समेत अधिकारीले जानकारी दिए।
via setopati
अपहरणकारीको फिरौती पत्र
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
