डीआईजी पत्नी देखेपछि डीएसपी त्यसै फर्किए

काठमाडौं,जेठ ३०
प्रहरीको कन्ट्रोल नम्बरमा अपरान्ह सवा ४ बजे फोनको घन्टी बज्यो। बबरमहलबाट दुईजनालाई कारमा राखेर थापाथलीतर्फ लगियो  भन्ने सूचना प्रहरीलाई दिईयो ।
यस्तो सूचना पाएपछि सम्पूर्ण गाडी चेक प्वाइन्ट राखेर खानतलासी गर्न निर्दैशन दिइयो । महानगरीय प्रहरी वृत सिंहदरबारमा डीएसपी होबिन्द्र बोगटी र अपराध अनुसन्धानका प्रहरी निरीक्षक गजुसिद्धि बज्राचार्य घटनास्थलमा लागे ।
बबरमहल पुगेर बुझ्दा बा १० च ४१४९ नम्बरको कार थापाथलीस्थित एसइए इन्स्टिच्युटभित्र छिरेको थाहा भयो । त्यहीँ पढ्ने र काम गर्ने सिद्धार्थ मण्डल र विवेक देवले इन्स्टिच्युटको कागत अन्य इन्स्टिच्युटमा दिएको आरोपमा उनीहरुलाई जर्वजस्ती गाडीमा राखेर लगिएको रहेछ । अन्नपूर्ण पोस्टमा समाचार छ ।
सिंहदरबारका डीएसपी भित्र छिरे । सिर्जना सिलवाल उक्त इन्स्टिच्युटकी उच्च तहकी कर्मचारी रहिछिन् । उनले आफू डीआईजी नवराज सिलवालको पत्नी भएको बताएपछि बोगटी त्यसै फर्किए । गोप्य कागत बाहिर दिएको भए कानुनी उपचार खोज्नुपर्नेमा अपहरणशैलीमा विद्यार्थी गाडीमा जवर्जस्ती हालेर लगिएको घटनालाई प्रहरीले सामान्य भन्दै छाडेको छ ।

,

news and entertainment