बुधबारदेखि लोडसेडिङ घट्ने (नयाँ तालिकासहित)

काठमाडौं, जेठ १९ – लोडसेडिङको मार खेपिरहेका राजधानीका जनतालाई बुधबारदेखि केही राहत हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लोडसेडिङ घटाएर हप्तामा साढे ५५ घण्टा बनाउने भएको छ । हप्तामा ७० घन्टा लोडसेडिङ हुँदै आएकोमा अबको बुधबारदेखि हप्तामा साढे ५५ घन्टा मात्र लोडसेडिङ हुने छ । नयाँ तालिका अनुसार अब हप्तामा ३ दिन ८ घन्टा, ३ दिन साढे ७ घन्टा र एक दिन ९ घन्टा लोडसेडिङ हुने छ । नदीमा जलस्तर बढेको र विद्युत उत्पादन बढ्नुका साथै कुलेखानी जलाशयमा पानीको संचिती पनि बढेकाले लोडसेडिङ घटाउन सकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।Fullscreen capture 02062014 221154

,

news and entertainment