हेडलाइन पढेर तपाईं पक्कै अचम्ममा पर्नुभयो होला र कतिजनाले त समाचार बिकाउनका लागि यस्तो हेडलाइन राख्यो भनेर आरोप पनि लगाउन सक्नु हुन्छ । तर यो साँचो हो कि एउटा अफिसको लागि कर्मचारी चाहिएको छ जसको काम दिनभरी अफिसमा बसेर पोर्न फिल्महरु हेर्नु हो र उनलाई यहि कामको लागि नै तलब दिइन्छ । एक कम्पनीका लागि ‘चीफ पोर्नोग्राफी आइडेन्टिफिकेसन अफिसर’ पोष्टको लागि कर्मचारी चाहिएको बताएको छ । यति मात्र होइन चीफ अफिसर अन्तर्गत पोर्न फिल्म हेर्ने एउटा टिम नै तयार गर्ने बताइएको छ जसको काम भनेको सिर्फ पोर्न हेर्नु मात्र हो ।
कामको बारेमा विस्तृत रुपमा जानकारी दिनुपर्दा यो काम चीन सरकाले निकालेको हो । यो कामको मुख्य उद्देश्य भनेको इन्टरनेटलाई अश्लील सामग्रीबाट मुक्त गर्नु हो । यसका लागि एक गैर सरकारी संस्थालाई सरकारले जिम्मेवारी दिएको छ । यो संस्थाको नाम हो ‘सेफ्टी अलायन्स’ । यसले थर्ड पार्टी अर्गनाइजेशनको रुपमा काम गर्नेछ ।
दिनभर अफिसमा बसेर पोर्न हेर्ने कामदार चाहियो
news and entertainment
