अमेरिकामा मान्छेको छाला चोरीको गरेको आरोपमा एक जना मानिस पक्राउ परेका छन् । अमेरिकाको फिलाडेल्फियास्थित एक मेडिकल कम्पनीमा कार्यरत एक कर्मचारीलाई मानिसको छाला चोरेको आरोपमा पक्राउ गरिएको हो ।
पछिल्लो धेरै वर्षयता उनी मानिसको छाला चोर्ने काममा संलग्न रहेको र उनले साढे ३ लाख डलर बराबरको मानिसको छाला चोरेको दाबी गरिएको छ । वालिङफोर्डका बासिन्दा ५४ वर्षीय ग्यारी डुडेकमाथि चोरीको आरोपसँगै डकैतीको सामान प्राप्त गरेको र अभिलेख नष्ट गरेको लगायतका अभियोग लगाइएको छ ।
ग्यारीले गएको सेप्टेम्बरसम्म एक औषधि कम्पनीमा बिक्रि प्रतिनिधिको रुपमा काम गरेका थिए र मर्की फिलाडेल्पिmया अस्पतालको समेत मुख्य जिम्मेवारीमा थिए । आफ्ना पदको दुरुपयोग गर्दै उनले प्रत्यारोपणका लागि चाहिने भन्दा निकै धेरै कृत्रिम मानव छाला मगाए । उनले अस्पतालमा खपत हुनेभन्दा २ सय बढि मानव छाला मगाएर अस्पताललाई करोडौँ नोक्सान पूराएका थिए ।
मान्छेको छाला चोर्ने कर्मचारी अमेरिकामा पक्राउ
news and entertainment