भारतीय खर्वपतिका सुन्दरी छोरीहरु (फोटो फिचर)

भारत धेरै खर्वपतिको देश भैसक्यो । भारतका नम्बर एक धनाड्य मुकेश अम्बानी देखि लक्ष्मी मित्तल र कलाकारमा शाहरुख खान विश्वका धनाड्यको सूचीमा अग्रस्थानमा आउँछन् ।
त्यसैगरि क्रकेटर सचिन तेन्दुलकर पनि धनाड्यको सूचीमा अग्रस्थानमा आउँछन् ।
यी धनाड्य बाबुका छोरीहरुको चर्चा पनि समय समयमा हुने गरेको छ । यहाँ भारतका धनाड्य र चर्चित ब्यक्तिका सुन्दरी छोरीहरुको बारेमा जानकारी प्रस्तुत गरिएको छ ।

बनिशा मित्तलः
Benisha Mittal
सुन्दरी बनिशा मित्तल भारतीय धनाड्य लक्ष्मी मित्तलकी पुत्री हुन् । २००४ मा मित्तलले बनिशाको विहेमा २३० करोड भारु खर्च गरेका थिए । उनको विवाह संसारकै सबैभन्दा महंगा विवाह मध्ये एक मानिन्छ ।

इशा अम्बानीः
Isha Ambani
इशा अंबानी भारतका सबैभन्दा धनी ब्यक्ति मुकेश अम्बानीकी छोरी हुन् । अरवपति बाबुकी छोरी भएपनि इशाले जागिर खान थालेकी छिन् ।

अंशुला कपुरः
Anshula Kapoor
अंशुला कपूर बोनी कपुरकी छोरी हुन् । श्रीदेवी बोनीकी कान्छी श्रीमती हुन् । सार्वजनिक स्थलमा छोरीको साथमा देखिने बोनी पनि भारतका खर्वपतिको सूचीमा छन् ।

सुहाना खानः
Suhana Khan
सुहाना खान भारतका सबै भन्दा धनी कलाकार मानिएका शाहरुख खानकी पुत्री हुन् । हालै गरिएको एक सर्वेले शाहरुख र उनकी छोरीलाई सर्वश्रेष्ठ पितापुत्रीको सुचीमा राखेको थियो ।

सारा तेन्दुलकरः
Sara tendulkar
यी सुन्दरी भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी हुन् । सचिन तेन्दुलकर पनि भारतीय धनाड्यको सूचीमा अग्र स्थानमा छन् । केही समय अघि मात्र शाहरुखले आफ्नी छोरी मेडिकल साइन्समा रुची राख्ने गरेको भन्दै उनी भविष्यमा डाक्टर बन्ने बताएका थिए ।

, ,

news and entertainment