विश्वकपमा ब्राजिल हार्दा सुनसरीमा किशोरीले आत्महत्या गरिन्

२५ असार, सुनसरी । विश्वकप फुटबलको सेमिफाइनलमा ब्राजिल जर्मनीसँग पराजित भएपछि सुनसरी भरौलकी एक किशोरीले आत्महत्या गरेकी छन् ।
सुनसरी भरौल ९ की १५ वर्षीया किशोरी प्रज्ञा थापाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । कक्षा १० मा अध्ययनरत उनले विश्वकपमा ब्राजिललाई समर्थन गर्दै आएकी थिइन् ।
ब्राजिलले जर्मनीसँग लज्जास्पद हार व्यहोरेपछि उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरद थापाले जानकारी दिए । ‘ब्राजिलले सात गोल खाएपछि उनले आत्महत्या गरेको देखिएको छ’ घटनास्थल पुगेका थापाले पीडितका आफन्तको भनाइ उृृत गर्दै अनलाइनखबरसँग भने-एकछिन किताब पढ्दै थिइन् । के सोचिन् आत्महया गर्न पुगिन् ।’
प्रज्ञाका बुबा वैदेशिक रोजगारीका क्रममा विदेशमा छन् । विहान घरमा हजुरबुबा र हजुरआमा मात्रै घरमा भएको बेला प्रज्ञाले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

,

news and entertainment