नेपालको एअरपोर्टमा गड्यौलाका कारण उड़ान रद्द
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा गड्यौलाका कारण दिनहुँ जसो जहाज उडान तथा अवतरणमा समस्या आएको छ । मंगलवार र बुधवार विहान गड्यौलाले पूरै धावनमार्ग ढाकेपछि १ घण्टासम्म आन्तरिक र बाह्य दुवैतर्फका उडान अबरुद्ध भए ।
हरेक दिन समस्या दिन थालेपछि यतिबे
ला विमानस्थलका कार्यालयका कर्मचारीलाई गड्यौला सोहोर्ने चटारो बढेको छ । राति धावनमार्ग खाली हुँदा गड्यौला भरिन्छन् । यसरी गड्यौला वा अरु कुनै पनि बस्तु धावनमार्गमा हुँदाहुँदै उडानऔअबतरण गर्दा दुर्घटनाको सम्भावना हुने भएकाले अनुमति दिइदैन ।
गड्यौला धानवमार्गमा हुदा पंक्षीहरु सिकारका लागि आउने भएकाले दुर्घटनाको थप जोखिम हुन्छ । आजको कारोबार दैनिकमा समाचार छ ।
