गुडिरहेको बस रेलिङ्ग भाँचेर कस्मेटिक पसलको सटरभित्र
पोखरा ,३२ असार । पोखराको सभागृहचोकको घुम्तीमै आज बिहान साढे ८ बजे सडकमा गुडिरहेको माईक्रोबस रेलिङ्ग भाँचेर कस्मेटिक पसलको सटरभित्र पुगेको छ । माईक्रोबसले फूटपाथमा हिडिरहेका १ जना पैदलयात्रुलाई ठक्कर दिदाँ घाईते भएका छन् । माईक्रोले सडकमै रोकिराखेको मोटरसाईल र रेलिङ्गको केहि भागलाई समेत सटरमै दाबेको छ । कस्मेटिक पसल खुलिनसकेको कारण थप मानविय क्षति भएको छैन । ग १ ख ३८ ८६ नम्बरको बस ४,५ जना मात्र यात्रु बोकेर चिप्लेढुंगातर्फबाट पृथ्वीचोक जादै थियो । तिब्रगतिमा रहेको माईक्रो मोड्न नसक्दा दुर्घटना भएको हो । रेडियो तरंगको फेसबुकबाट
