रक्सी लट्ठ परेपछि आधा रातमा युवतीलाई फोन - 'सानैमा बिहे भयो,पत्नी मन पर्दैन'

काठमाडौं । कार्यालय प्रमुखको टेवुलमा रहेको टेलिफोनको घन्टी बज्यो । कार्यालय प्रमुखले नजिकै रहेकी कर्मचारी सविना (नाम परिवर्तन) फोन उठाउन आग्रह गरे ।

हाकिम साब्लाई खोजेको रहेछ,’ उनले फोन रिसिभर हाकिमलाई दिइन् । हाकिमले रिसिभर नभएर उनको हात समाते । सविनाले झसंग भएर हात तानिन् । त्यो रात उनलाई निन्द्रा लागेन ।

केही महिनासम्म पहल गरेर उनले छिमेकी जिल्लामा सरुवा मिलाइन् । सविनाको मात्रै होइन्, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरुमा काम गर्ने महिला कर्मचारी दिन-दिनैजसो उपल्लो तहका पुरुष कर्मचारीबाट पीडित भइरहेका छन् । ७० प्रतिशतभन्दा धेरै महिला कर्मचारी आफ्नै सहकर्मीको हिंसाबाट पीडित हुने गरेको सविना बताउँछिन् ।

पुरुष कर्मचारीले महिला कर्मचारीहरुलाई राति फोन गरेर हैरान बनाउने गरेको अर्की एक महिला कर्मचारी बताउँछिन् । ‘रक्सी खाएर मात्तिएर राति फोन गर्छन् । अनि व्यक्तिगत जीवनको कुरा गर्न थाल्छन् । मेरो त सानैमा विहे भएको, पत्नी मन पर्दैन जस्ता निजी जीवनका कुरा गर्छन् ।

'यसको आशय के हो ?’ यसरी राति फोनमा कुरा गरेपछि भोलिपल्ट उसको मुखमा हेर्न नसक्ने, कार्यालयमा काम गर्न गार्हो हुने उनी बताउँछिन् । फोन उठाएन भने भोलिपल्ट कार्यालयमा भिन्नै व्यवहार गर्ने गरेको उनको गुनासो छ । 
- अन्नपूर्ण पोष्ट 

, , ,

news and entertainment