हतियारधारी र प्रहरीबीच गोली हानाहान, गोलीले प्रहरी जवानको पञ्जा छेड्यो

हतियारधारीहरुलाई पक्राउ गर्ने क्रममा मनाङमा एक प्रहरी जवान गोली लागि घाइते भएका छन्। सीमा प्रहरी चौकी धारापानीमा चेकजाँचका क्रममा सो समूहले आक्रमण सुरु गरे पछि प्रतिकार गर्ने क्रममा आफ्नै हतियारको गोली लागि प्रहरी जवान नन्दबहादुर खड्का घाइते भएका हुन्।
Gun
गोलिले खड्काको बायाँ हातको पञ्जा छेडेको छ, हाल उनलाई उपचारका लागि लमजुङ सदरमुकाम बेशिसहर ल्याइएको छ | बेशिसहरबाट मनाङतर्फ जाँदै गरेको बोलेरो जीपमा सवार रोल्पा जिल्लाका बन्दुकधारीहरुले सीमा प्रहरी चौकी धारापानीमा चेकजाँचका क्रममा आक्रमण गरेपछि जवाफी कारबाही गर्न लाग्दा खड्का घाइते भएको मनाङ्गका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।
सो समूहमा रहेका छ जना हतियारधारी मध्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य चार जना भने फरार रहेको बताइएको छ। पक्राउ परेका रुकुम जिल्लाका नविन रोका मगर र उजिरबहादुर रोकालाई प्रहरीले पक्राउ गरी सदरमुकाम चामे लागिएको प्रहरीले जनाएको छ।
- See more at: http://www.nepaljapan.com/2014/07/17/122157/#sthash.ejiwVCez.dpuf

, ,

news and entertainment