गर्भ फाल्न नमानेपछि सालीको हत्या

साउन १२ रौतहट ,सालीसँगको शारिरीक सम्बन्धका कारण गर्भ रहन गएपछि गर्भपतन गर्न भन्दा महिलाले नमानेपछि रौतहटमा आफ्नै भिनाजुले सालीको हत्या गरेको रहस्य खुलेको छ |

जिल्लाको मत्सरी गाबिस नजिकै रहेको बाग्मती नदी किनारमा सोमबार युवतीको शव फेला परेसंगै मृतक महिला भारत बिहार सितामढी जिल्ला मिर्जापुर घर भएकी २२ बर्षिया राम दुलारी यादव रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ |

एक महिना देखी हराइरहेकी ती युवतीको शव सोमबार भेटीएको हो। मृतकका बाबु राम आशिष यादवले छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा केही दिन अघि उजुरी दिएका थिए।

भिनाजु नातामा रहेका सर्लाही जिल्ला खैरवा गाबिस ९ का २६ बर्षिय कृष्ण यादवले सालीको अपहरण गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए। आरोपित कृष्ण यादवको परिवार घर खाली गरेर फरार रहेको प्रहरीले जनाएको छ।

, ,

news and entertainment