पूर्व युवराज पारस शाह बैंककमा गाँजा सहित पक्राउ
काठमाडौं,३१ असार —पूर्व युवराज पारश शाह बैंकको एक होटलबाट गाँजा सहित पक्राउ परेका छन्। उनी १२ ग्राम गाँजा सहित बैंककको होटल डेभिसबाट १० जुलाइमा पक्राउ परेको त्यहाँ स्थित नेपाली दूताबासले पुष्टि गरेको छ।
पूर्व युवराज पारसलाई गाँजा सहित पक्राउ गरिएको सूचना थाइ प्रहरीले हाम्रो दूताबासलाई दिएको छु, थाइल्याण्डका
लागि कार्यवाहक नेपाली राजदूत डोरनाथ अर्यालले नागरिकन्युजसँग भने, हामीले यो जानकारी परराष्ट्र मन्त्रालयलाई आजै गराइसकेका छौं।पारस पक्राउ परेपछि दुई दिन लगातार विदा परेकाले प्रहरीले सोमबार दूताबासलाई जानकारी गराएको हो। थाइल्याण्डमा शनिबार र आइतबार नियमित सरकारी विदा हुने गर्छ। प्रहरीले उनलाई आज बैंकक स्थित क्रिमिनल कोर्टमा उपस्थित गराएको छ।पक्राउ परेका पारसलाई कुन ठाउँमा राखिएको छ भन्ने बारे प्रहरीले जानकारी दिएको छैन।
यसअघि उनी थाइल्याण्डमै ३ दशमलव ४ ग्राम गाँजा सहित पक्राउ परेका थिए। फुकेट अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै उनलाई एक महिना सुधारगृहमा राख्न आदेश दिएको थियो। उनलाई सुखमभितमा आफू बसेको होटलको कोठा तोडफोड गरेको उजुरीका आधारमा दोस्रो पटक पक्राउ गरी प्रहरीले २० लाख थाई भाट ९झन्डै ५६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ० बराबरको क्षतिपूर्ति भराएको थियो।मातापिता, श्रीमती र तीन सन्तान छोडेर चार वर्षघि सिंगापुर लागेका उनी थाइल्याण्डमा स्थानीय युवती कन्निका चाइसानसँग बस्दै आएका छन्। नागरिक न्युज डटकम बाट
- See more at: http://www.rastriyakhabar.com/?p=6415#sthash.5McQXPQO.dpuf
