पुरुष पनि महिनावारीको पिडाले ग्रस्त
चीनको जियाजियांग प्रान्तमा बस्ने ४४ वर्षीय चेन एक सफल विवाहित पुरुष हुन् । तर अस्पतालमा आफ्नो समस्या लिएर पुगेका उनी त्यहाँ महिनावारी भए ।
उपचारमा संलग्न डाक्टरहरु उनको समस्या देखेर दङ्ग नै परे । चेनलाई महिलाहरु जस्तै महिनावारि भइरहेको थियो । चेनको गुप्ताङ्ग जाँचिसकेपछि थाहा भयो कि उनको लिङ्ग पुरुषको जस्तै छ तर उनको भित्र महिलाको जस्तै प्रजनन अंग पनि छ । तर के उनी यस्ता व्यक्ति हुन् जो सँग पुरुषको जस्तो लिङ्ग पनि छ र महिलाको जस्तो योनी पनि छ ?
डाक्टरले यो केसलाई इन्टरसेक्स बताएका छन् । अमेरिकामा हरेक दुई हजार नवजातमध्ये एकजना यस्तो बच्चा जन्मिने गर्दछ जससँग महिला र पुरुष दुबैको गुप्ताङ्ग हुने गर्दछ । यस्ता व्यक्तिहरु हेर्दा त पुरुष नै हुन्छन् तर जेनेटिकल्ली उनीहरु महिला हुने गर्दछन् । यस्ता व्यक्तिहरुलाई ‘कन्जेनिटल अडरीनल हाइपरप्लासिया’ नामको बिरामी बताइन्छ । चेनका अनुसार उनको विवाह भएको १० वर्ष बितिसक्दा पनि सेक्स गर्दा कहिले पनि केहि समस्या नभएको बताए । डाक्टरहरु उनको यो समस्यामा अनुसन्धान गरिरहेको बताइएको छ । (एजेन्सी