माधव नेपालले चुनावी गतिविधि संचालन गरेको होटलमा तोडफोड

एमाले नेता माधवकुमार नेपालले महाधिवेशनका लागि प्रयोग गरेको नयाँ बानेश्वरको अर्याल होटलमा तोडफोड भएको छ। गएराति ११ बजे युवाहरुको एक समूहले होटलमा तोडफोड गरेको नेता नेपालले जानकारी दिए। 
नेपालले एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा बिहीबार भने, 'गुन्डाहरुको एकएक समूहले एक नेताको नामै लिएर तोडफोड गरेछन्। ज्यान मार्ने धम्की दिएछन्, तोडफोडभएको होटलको तस्विर मसँग प्रमाणका रुपमा छ।'
नेता नेपालले त्यस्तालाई एमालेको नयाँ नेतृत्वले प्रोत्साहन गर्छ कि गर्देन भनेर प्रश्न गरे। नेपालले अर्याल होटल २ महिना अघिदेखि सचिवालय खोलेका थिए। ओली समूहका कार्यकर्ताहरुले होटलमा आक्रमण गरेको एक नेताले दाबी गरे।

news and entertainment