एक्लिदै आईजीपी अर्याल

एक्लिदै आईजीपी अर्याल 
समाचार
0
काठमाडौं ।  नेपाल प्रहरी इतिहासमै सबैभन्दा अस्तव्यस्त अवस्थामा पुगेको छ। आठ महिनादेखि एआईजी विहिनको अवस्था, नेतृत्वप्रति बढ्दो अविश्वास, गुटबन्दी र अनुशाससनहीनता तथा जनमानसमा संगठनप्रति बढ्दो आक्रोशका कारण नेपाल प्रहरी यतिबेला संकटमा छ। संगठनमा बढ्दो संकटसँगै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कुर्सी पनि संकटमा पर्दै गएको छ।
राम्रो टिमको अभाव र केही स्वार्थी निर्णयका कारण पनि आईजीपी अर्याल संगठनमा एक्लिदै गएका हुन्। नयाँ प्रहरी नियमावलीले गर्दा अर्यालसँग संगठनको तल्लो तह त चरम असुन्ष्ट छ नै माथिल्लो तहका अधिकारीहरू समेत अर्यालसँग रुष्ट हुदै गएका छन्। एआईजी बढुवा के हुने भन्ने अन्यौलमै छ। यसले बढुवामा सिफारिस भएका र नभएका दुवै थरी डिआईजीहरू अन्योलमा छन्। अबको तीन महिनाभित्र बढुवाको टुंगो नलागे सबै जना घर जाने छन्। कतै आईजीपीले त्यही नीति लिएको त होइन भन्ने आशंका उनीहरूमा बढ्दै गएको छ।
अहिलको १३ डिआईजीमध्ये राजेन्द्रसिंह भण्डारी, अर्यालका सबैभन्दा निकट मानिन्छन्। तर आईजीपीको प्रतिस्पर्धा सुरु भएपछि उनीहरूको बीचमा बढेको दुरी घट्न सकेको छैन। दुवै जनाले एकले अर्कालाई शंकाको दृष्टिले हेर्ने गर्दछन्। सुरेन्द्र शाह, बिज्ञान शर्मा र रमेश शेखर बज्राचार्य बाहेकका अन्य डिआईजीलाई त अर्यालले पटक्कै बिश्वास गर्दैनन्। ‘एक जना पनि एआईजी छैनन्, भएका डिआईजीहरू समेत सबै आईजीपीको विरुद्धमा भएको बेला प्रहरी संगठन कस्तो होला?’ एक प्रहरी अधिकारी भन्छन्,’यही अवस्था हो भने नेपाल प्रहरी सशस्त्र प्रहरी बलभन्दा तल झर्न बेर छैन।’
हुन त आईजीपी अर्याल निकै चतुर व्यक्तिका रुपमा चिनिन्छन्। तर, उनको चतुर्याोई फेल खाएको छ। प्रहरीमा आफ्नो टिम नै उनले बनाउन सकेका छैनन्। सचिवालयमा ‘हस हजुर’ गर्ने बाहेक सल्लाह दिने टिम छैन। आईजीले आदर्श पुरुष मानेका रमेश खरेलले आईजीलाई नै तोरीको फूल देखाइदिए। सचिवालयमा कार्यरत व्यक्तिहरू आफूसँग राम्रो सम्बन्ध नभएकाहरूलाई सिध्याउने खेलमा लागेका छन्। संगठनमा अलोकप्रिय देवेन्द्र सुवेदी जस्ता एसएसपीलाई आईजी अर्यालले खरेलपछिको आदर्श पुरुष मान्दै काखी च्यापेर हिड्ने गरेका छन्।
समयमा सरुवा बढुवा हुन नसक्दा तल्लो तहका हजार भन्दा धेरै प्रहरीहरू निराश भइसकेका छन्। एसएसपीको सरुवा नभएको १७ महिना नाघिसकेको छ। आईजीपी भएको आठ महिना नाघिसक्दा संगठनमा एउटै सकारात्मक काम गर्न सकेका छैनन्। त्यसकारण अर्याल र प्रहरी संगठन दुवै असफलतातर्फ अघि बढेको छ।http://www.weeklynepal.com/?p=14538

,

news and entertainment