१ करोड धरौटी बुझाएर छुटे चक्रे मिलन

काठमाडौं , ३० असार । चक्रे मिलनका नामले चिनिने गुण्डा नाइके मिलन गुरुङ सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटीमा छुटेका छन् ।  उनले सोमबार १ करोड धरौटी बुझाएर छुटेको विशेष अदालत काठमाडौंले जनाएको छ ।  उनले तनहुँको व्यास नगरपालिकाको अर्कैको नाममा भएको जग्गा धरौटीमा राखेका छन् । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले २०७० साल जेठ अन्तिममा १ करोड धरौटी मागेको थियो ।
cha2re_20140714
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ७ करोड ८ लाख अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  धरौटीमा छुटेका गुरुङलाई विषेश निगरानीमा राखिने प्रहरीले जनाएको छ ।

,

news and entertainment