छोरीहरुलाई बिहे गर्नकै लागि मोटो बनाइने देश !
मौरिटानियामा आमाहरु आफ्ना छोरीलाई शरीरमा बोसो जम्मा गर्ने खालको खाना दिन्छन् । धम्काएर, डराएर दुध खान लगाइन्छ । खाना खाने बेलामा आमाहरु लठ्ठी लिएर बस्छन् । जुन घरका छोरीहरु मोटा हुन्छन्, त्यो घर धनी भएको विश्वास गरिन्छ । जबर्जस्ती खाना खुवाउँदा बालिकाहरु कतिपय बिरामी नै पर्छन् ।
मौरिटानियाका महिलाहरु भन्छन्, ‘जबर्जस्ती खाना खुवाउँदा एकछिन त रुन्छन्, तर जब उनीहरु ठुला हुन्छन्, उनीहरुको मोटो शरीर समाजको हिसाबले गर्व गर्न लायक हुन्छ ।’ उनीहरुका अनुसार मोटो युवतीलाई राम्रो परिवारले बिहेको अफर गर्छन् ।
यस्तै, कतिपय ठाउँमा किशोरी उमेरदेखि नै जनावरलाई प्रयोग गरिने ग्रोथ हर्मोन र अन्य खतरनाक औषधि प्रयोग गरेको पाइएको छ । सानै उमेरमा २०० किलोसम्मका मोटा भएपछि महिलाहरुमा मुटुसहितका स्वास्थ्य समस्या देखिन थालेका छन् । मौरिटानियामा प्रयोग गरिएको यस्तो अभ्यासलाई अधिकारकर्मीहरुले विरोध गरेका छन् ।#dainiknepal
