बस बाढीमा बगेपछि (तस्विर सहित)
११ साउन, राजस्थान ।
भारतको राजस्थान पाली जिल्लामा बाढीमा एक बस बगेपछि कठिनाइपूर्वक यात्रुहरुलाई मुस्किलले उद्दार गरिएको छ । वर्षाको भेलमा बस बगेपछि गाउँलेहरुले १५ जना यात्रुको पानीमा पौडिएर उद्दार गरेका थिए ।
दुर्घटनमा कसैको ज्यान नगएपनि केही यात्रु घाइते भएका छन् । यस अघी राजस्थानमै बाढीमा ट्रक बगेको थियो ।
राजस्थानमा निरन्तर पानी परेपछि त्यहाँको जनजीवन बाढीका कारण प्रभावित भएको छ । त्यहाँका कतिपय बाँधमा १२ फिट भन्दा बढीको पानी जमेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
