मुन्नी’ फेरी एक पटक बदनाम हुँदै

नयाँ दिल्ली, बलिउडकी अभिनेत्री मलैका अरोडा खान आफ्नो लटका-झटकाबाट एक पटक फेरी दर्शकहरूलाइ रोमाञ्चित गर्न आउँदैछिन । यस अघि बालिउडको फिल्म ‘दबंग’ को गीत ‘मुन्नी बदनाम हुई’ बाट प्रशंसकहरूको मनमा राज गर्ने मलैका आफ्नो प्रोडक्शन को आगामी फिल्म ‘डली की डोली’ मा आइटम नम्बर गर्न गैरहेकी छन । बताइए अनुसार उक्त फिल्ममा रहेको आइटम गीत को बोल ‘फेशन खत्म मुझपर’ रहेकत्र छ र यो गीतलाइ विवाहको मौका पारेर छायाँकन गरिएको छ ।
 एक रिपोर्ट अनुसार यस फिल्ममा मुख्य भूमिकामा सोनम कपूर तथा राष्ट्रीय पुरस्कार जितिसकेका राजकुमार राव रहेका छन । राजकुमार राव यस गीतमा निकै भिन्न अन्दाजमा देखिने भएका छन । यस आइटम नम्बरका लागी संगीत साजिद-वाजिद ले दिएका छन भने गीतको कोरियोग्राफी रेमो डिसूजा ले गरेका छन । अब यो हेर्न भने बाँकी छ कि मलैका आफ्नो यस आइटम नम्बर बाट पहिले जस्तै दर्शकहरूको प्रशंसा बटुल्न सक्लिन कि नसक्लिन ?

, ,

news and entertainment