ओलीले कोइरालालाई भने ‘म भन्दा त तपाई पहिला जाने होला नि होइन ?

पार्टी अध्यक्ष भएपछि पहिलो पटक बालुवाटार पुगेका अध्यक्ष ओली र प्रधानमन्त्रीबीच विरामीको विषयमा कुराकानी भएको    थियो । ओलीले सन्चै छ नि ? भन्ने प्रश्नको जवाफमा कोइरालाले भनेको थिए,‘तपाई र म उस्तै त हो नि ? तपाई पनि विरामी म पनि विरामी ।’ स्रोतका अनुसार दुवै नेताले एक अर्कालाई स्वास्थ्य लाभको कामना समेत गरेका थिए । प्रधानमन्त्री कोइरालाले स्वास्थ्यको कारणले पनि काममा ढिला भएको स्वीकार गरेपछि त्यसमा ओलीले कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो । स्रोतले भन्यो ओलीले प्रधानमन्त्री कोइरालाई अब तपाई कहिले अमेरिका जाने ? भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री कोइरालाले ओलीलाई प्रतिप्रश्न गर्दै भनेका थिए, ‘म भन्दा त तपाई पहिला जाने होला नि होइन ?’ त्यसपछि दुवै नेतामा सन्टाना छाएको बताइएको छ । प्रधानमन्त्री कोइरालाले स्वास्थ्यमा समस्या देखिएपछि एक महिना अमेरिकामा उपचार गरेर आए लगत्तै चिकित्सकहरुे पुनः चेकअपको लागि अमेरिका जान सल्ला दिएका छन् ।Oli-Koirala
त्यसैगरी अध्यक्ष ओलीलाई पनि चिकित्सकहरुले धेरै नबोल्न र आराम गर्न सल्लाह दिएपनि पार्टी कामको शिलसिलामा दौडधुपको कारणले गर्दा तत्काल नै उपचार गर्न जानुपर्ने औल्याएका छन् । सुशिल कोइरालाले ओलीसँग गुनासो पोख्दै भनेका थिए,‘हेर्नोस ओली जी डाक्टरको सल्लाह मानौ कतै पनि जान हुँदैन आराम गर्नुपर्छ भन्छन बाहिर नजाउँदा आलोचना थेगिसाध्यै छन, स्वास्थ्यको ख्याल गर्ने कि देशको ख्याल गर्ने ? कोइरालालको भनाईलाई समर्थन जनाउँदै ओलीले अवस्था मेरो पनि उस्तै हो पार्टी अध्यक्ष भएपछि कामको चाप छ डाक्टर भन्छन आराम गर्नुपछ दौडधुप गर्नुहुन्दैन यसो नगरे आलोचना चाङ लाग्ने गरेको छ । समस्या हामी दुवैको एउटै हो । भेटको अन्तिममा राजनीतिक संक्रमणमा स्वास्थ्यले पनि साथ नदिएको भन्दै दुवै नेताले छलफल टुङग्यको बताइएको छ ।

कोइरालालाई कुर्सीकै चिन्ता
प्रधानमन्त्री कोइरालाई आफ्नो स्वास्थ्यको भन्दा पनि कुर्सीको चिन्ताले सताएको छ । सत्तासाझेदार नेकपा एमालेले साँत बुँदे सहमति अनुसार राष्ट्रपतिको अनुमदोन गराउनु पर्ने अडान अगाडि सारेपछि प्रधानमन्त्री कोइराला तनाबमा परेका छन् । पार्टीभित्र र बाहिर सरकारको कामकारवाहीको विषयलाई लिएर व्यापक आलोचना भएपछि प्रधानमन्त्री कोइराला नेकपा एमाललेलाई राष्ट्रपतिको कुरा नचर्काउन नेताहरुलाई भेटेरै आग्रह गर्न थालेका छन् । विरामी भएर थलिएका प्रधानमन्त्री कोइराला बालुवाटारमै मात्र सीमित भएकोप्रति आलोचना भएपछि सकिनसकि उनी संविधान सभा र प्रधानमन्त्री कार्यालय सिंहदरवार जान थालेका छन् । प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर संविधान सभाबाट राष्ट्रपतिको अनुमोदनको विषयलाई नचर्काउन आग्रह गर्दै आएका छन् ।

काम नभएकै हो प्रचण्डजी
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुस्तमनस्थिति भएको भन्दै व्यवस्थापिका संसदमा हंगमा मच्चकाएपछि नजिकै रहेका प्रधानमन्त्री कोइराला निकै निराश मुहारमा देखिए । प्रचण्डले सरकारको विषयमा गरेको टिप्पणी सुनीरहेका उनले धेरै पटक प्रचण्डप्रति आँखा लगाएका थिए । प्रतिपक्ष दलले विरोध गरेपछि हतास मुद्रामा देखिएका कोइरालाले प्रचण्डलाई टेलिफोन गरी प्रचण्डजी सहयोग गर्नु प¥यो भनेर आग्रह गरेको स्रोतले बतायो । स्रोतका अनुसार जवाफमा प्रचण्डले तपाई काम गर्न स्वास्थ्यको कारणले पनि सक्नु भएको छैन, प्रधानमन्त्री भनेकाो त देश हाक्ने व्यक्ति हो, यदी तपाईलाई निकै गाह्रो परेको हो भने सक्ने सम्मको सहयोग त गरौला तर यही अवस्था रही रहयो भने कति दिन सहयोग गर्ने ?’ आफूहरु सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पादै प्रचण्डले प्रधानमन्त्री कोइरालालाई पहिला आफ्नो पार्टीमा मिलाउनुहोस, त्यसपछि सत्तासाझेदार एमालेसँग मिलाउनुहोस, म सहयोग गर्न तयार नै छु भन्ने जवाफ फर्काएका थिए ।’ जवाफमा प्रधानमन्त्री कोइरालाले सरकारले जति काम गर्न सक्नुपर्दथ्यो त्यहो हुन नसकेको स्वीकारेको बताइएको छ ।


ओलीले कोइरालाई हप्काए
कोइराला नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने इच्छा व्यक्त गरेको एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री कोइरालाई हप्काएका छन् । बालुवाटारमा भएको भेटमा ओलीले प्रधानमन्त्री कोइरालाई यो देशमा सरकार छ कि छैन भन्ने सम्ममा प्रश्न जनता पुगिसकेको छ तपाई के गदै हुनुहुन्छ ?भन्ने प्रश्न गरेको स्रोतले बतायो । जवाफमा प्रधानमन्त्री कोइरालाले सरकारले गति लिन नसकेको स्वीकार गर्दै राष्ट्रपतिको अनुमोदनको विषयमा नउचाल्न आग्रह गरेका थिए । सधै यही गति हो भने विकल्प खोज्नु पर्छ, चलाउने हो भने यो तरिकाले हुँदैन जनतालाई सरकारको अनुभूति हुनुपर्ने भन्दै ओलीले आक्रोश व्यक्त गरेको बताइएको छ ।

सचिवहरुलाई फकाउँदै कोइराला
बुधबार सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री कार्यालयमा भेला पारेर प्रधानमनत्री कोइरालाले आफूलाई सहयोग गर्न आग्रह गरे । भर्खरै सचिवमा बढुवा भएका, कामु सचिव भएका र निमित्त सचिवको जिम्मेवारी लिएका सचिवहरुसँग प्रधानमन्त्री कोइरालाले भने,‘पहिले संविधान बनाऔं, दुई÷चार महिनाको कुरा छ । त्यसपछि प्रधानमन्त्री, सभामुख,राष्ट्रपति सबैले छोड्छु भनेकै छन । किन राष्ट्रपतिको अनुमोदनको विषय अहिले उठाउँने ? वर्तमान संविधानमा भएको प्रावधानलाई मिचेर समस्याको समाधान नआउने बताउदै उनले भनेका थिए,‘सबै काम सहमति सहकार्य, एकता र मेलमिलापको माध्यमबाटै गरौ । चाडै संविधान ल्याएर मूलुकलाई अगाडि बढाउन लागौं ।’ सरकार सञ्चालनमा राजनीतिक दलको सहकार्यसँग प्रशासनीय निकायको पनि साथ आवश्यक पर्ने बुझेका प्रधानमन्त्री कोइरालाले कर्मचारी दास होइन सेवक हो भन्ने मानसिकताबाट काम गर्न आग्रह गरे । पारदर्शिता, जवाफदेहिता,मितव्ययिता, भ्रष्ट्राचार रहित सक्षम प्रशासन भएमा मुुलुकको विकासले गति लिन समय नलाग्ने बताए ।

अख्तियारले प्रभावकारी काम गरेन
प्रधानमन्त्री कोइरालाले मूलुकमा भ्रष्ट्राचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षक जस्ता संवैधानिक निकायका साथै राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरीद अनुगमन कार्यालय र सीआइबी जस्ता निकाय कार्यरत रहेपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेकोले सबैको सक्रियता र क्षमता अभिबृद्धि गर्नु पर्ने जोड दिए । प्रधानमन्त्री कोइरालाले केही संभ्रान्त व्यक्तिलाई पैसा कमाउनका लागि विवेक गुमाएर काम नगर्न पनि सचिवहरुलाई निर्देशन दिए । उनले भने,‘सबै मिलेर नेपाललाई बचाऔ

,

news and entertainment