दिनेश ठाकुर, नेपालगञ्ज। पूर्वपश्चिम राजमार्गको महादेवपुरी ७ स्थित परुवाखोलाको बाढीले बगाउँदा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । भर्जिनिया अमेरिकाका ८२ बर्षीय जोसेव इडवाड हुलर परुवाखोलामा बिहिबार विहान मृत फेला परेका हुन् । काठमाण्डौबाट धनगडी हिडेका हुलर विहान चार बजे खोला तर्ने क्रममा वेपत्ता भएको हुनसक्ने प्रहरीले जनाएको छ । साउन ३० गतेको बाढीले परुवाखोलामा रहेको पक्की पुल भत्काएपछि एकसातादेखि सडक अवरुद्ध छ । पुर्वबाट आएका सवारी साधन समशेरगन्ज बजारमै रोकिने गरेका छन् भने यात्रुहरु यहाँबाट पैदल परुवाखोला तरेर गन्त्वय जाने गरेका छन् ।
काठमाण्डौको रात्रीबसमा आएका अमेरिकी नागरिक विहान चारबजे खोला तर्ने क्रममा वेपत्ता भएको पाईयो,’ प्रहरी चौकी महादेवपुरीका इन्चार्ज हरिशचन्द्र शाहीले बताउनुभयो। विहान गाउँलेले शवदेखिपछि मात्र खोलाले बगाएको हामीले जानकारी पायौ ।’ हुलरको शव राजमार्गदेखि एक किलोमिटर दक्षिण महादेवपुरी ८ खल्लागाउँमा भेटिएको प्रहरीले जनाएको छ।
प्रशासनले राती सातबजेदेखि विहान सातबजेसम्म खोला तरेर यात्रा गर्न बन्द गरेपनि कसैले थाहा नपाउने गरी एक्लै खोला तर्दा बाढीले बगाई उनको मृत्यु भएको प्रहरीको भनाइ छ। बाढीबढेपछि सशसस्त्र प्रहरीले राखेको काठको पुल बगेको थियो भने, पैदलयात्रा समेत रोकिएको थियो । उनको साथमा राहदानी, दश हजार दुई सय ६३ रुपैँया नगद फेला परेको प्रहरीले जनायो । प्रशासनले समेत थाहा नपाउने गरी खोला तर्दा उनी बगेको प्रहरीले भनाई छ । परुवाखोला हेर्दा सानो देखिएपनि गहिरो र साँघुरो भएर बग्ने गर्छ । पुल भत्किएपछि राजमार्गका वैकल्पिक यात्रा लागि खोलामा डाइभर्सन निर्माण सुरुभएपनि चारदिनसम्म पुरा भएको छैन् । सडकको पक्की पुल बाढीले बगाएपछि राजमार्गमा सवारी आवगमन रोकिएको छ ।
सातादिनसम्म अवरुद्ध सडक सुचारु र भत्किएको पुल मर्मतका लासग पहल नहुँदा सवारी चालक र यात्रुले सास्ती खेप्नु परेको छ । सडक सूचारु गर्न पहल नगरेको भन्दै यात्रुले सरकारी कार्यको विरोध जनाउने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा समशेरगन्ज बजारमा सँयौ यात्रु र मालवहाक सवारी साधन रोकिएका छन् । यात्रुहरु खोलामा बाढी कम भए काठको पुलबाट जोखिम यात्रा गर्न बाध्य छन्, भने बाढी बढेमा बीचबाटोमा रोकिने गर्छन् ।
अमेरिकी नागरिकलाई खोलाले बगायो
news and entertainment
