थूनिएको सुनकोशी बेगले बग्न थाल्यो

उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेब गौतमले सुनकोशीमा गएको भीषण पहिरोको कारण प्रभाबित भएका जनताको उद्दारको लागी सरकारले कुनै कसर बांकी नराखेको बताउनु भएको छ ।pahiro3
शनिबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद बैठक सकेर पत्रकारहरु संग गौतमले भन्नु भयो “यस्तो सम्बेदनशील घडीमा धर्य गर्न आग्रह गर्दै यसको सम्भाबित असरको बारेमा सरकार सचेत रहेको र ८०० भन्दा धेरै सुरक्षा कर्मी तैनाथ गरेको जानकारी दिनु भएको छ । सम्पूर्ण प्राइभेट हेलीकप्टर हरु लाई अन्य फ्लाईट नगर्न स्टैंड बाई रहन आग्रह गर्नु भएको छ ।
गौतमले नेपाली संयंत्रको प्राबिधिक टिमले उद्दार गर्न नसके छिमेकी देश लाई पनी सहयोगको लागी आग्रह गरिएको बताउनु भएको छ । छिमेकी मुलुक भारत र चीनले पनी आफु हरु जून सुकै बेला उद्दारको निम्ति तयार रहेको जानकारी दिएको पनी सरकारले जानकारी दिएको छ ।
पछिल्लो समय राती देखि थूनिएको सुनकोशी बेगले बग्न थालेको पत्रकारहरुले बताएका छन । कोशीले क्षेति पुर्याऊन सक्ने क्षेत्रलाई सरकारले शंकटपूर्ण क्षेत्र घोषणा गरेको छ |

, ,

news and entertainment