पूर्व सेनापति कुलवहादुर खड्काको आत्मकथाले बजारमा चर्चा कमाइरहेका बेला उनको पुस्तकमा समेटिएका दुई पात्र अर्थात् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व कामु प्रधानसेनापति कुलवहादुर खड्काले एक दिनको अन्तरमा आत्मकथामा उल्लेखित बिषयको चर्को प्रतिवाद गरेका छन् । दाहालले मंगलवार आफ्नै निवासमा पत्रकार सम्मेलनमा कटवालको आत्मकथामा समेटिएको बिषयलाई वाहियातको संज्ञा दिदै उनले आफ्नो रौं पनि हल्लाउन नसकेको टिप्पणी गरेका थिए । त्यसको २४ घण्टा वित्न नपाउँदै खड्काले आज एक अनलाइनलाई अन्तवार्ता दिदैं कटवालको आत्मकथामा ९० प्रतिशत कुरा झुट्टो रहेको बताएका छन् ।
पूर्व कामु प्रधानसेनापति कुलवहादुर खड्का
दाहाल प्रधानमन्त्री भएका बेला खड्कालाई सेनापति बनाउन खोज्दा कटवालको प्रतिवादपछि राष्ट्रपति रामवरण यादवको हस्तक्षेपपछि घटनाले रोचक मोड लिएको थियो । कटवाललाई थमौति गरिएपछि दाहालले राजिनामा दिएका थिए । पछिल्लो समय मौन बस्दै आएका पूर्व कामु सेनापति खड्काले कटवालको आत्मकथाबारे बोलेपछि आत्मकथा प्रसंगले रोचक मोड लिएको छ ।
खड्काले कटवालको आत्मकथामा आएका बिषयको खरो प्रतिवाद गरेपनि आफूले आत्मकथा लेख्नेबारे केही बताएका छैनन् । लमजुङ घर भएका खड्का पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहेको बताइन्छ ।
nepaliheadlines.com
कटवालको आत्मकथा पुरै झुट !! पूर्व कामु प्रधानसेनापति खड्का
news and entertainment
