नदी उल्टो बग्न थाल्यो : पहिरो मुनीको नदी सुख्खा, माछामार्नेको भीड

landslide2
सिन्धुपाल्चोकको चुरेमा खसेको पहिरोले सुनकोशी नदी थुनिएपछि सो क्षेत्रको स्थिति भयावह बन्दै गएको छ । भोटेकोशी नदी उल्टो बग्न थालेको छ । थुनिएको नदी खोल्ने प्रयास जारी रहे पनि अहिलेसम्म कसरी खोल्ने भन्ने यकिन हुन सकेको छैन । नदीको सतह बढ्दै गएको छ ।
पछिल्लो समाचार अनुसार पहिरोले गाउँ नै बगाएकाले थुप्रै हताहती भएको अनुमान छ । नदीमा सिंगो डाँडा नै खसेकाले सम्भावित क्षतिको आँकलनन नै गर्न सकिएको छैन । पहिरोभन्दा तलको नदी सुकेको छ । सुकेको नदीमा माछा मार्नेहरुको भीड छ ।
स्थानीयबासीहरु सुरक्षित स्थानतर्फ जाने क्रम बढेको छ । लत्ताकपडा, खानेकुरा लगायत बन्दोबस्तीका सामग्री लिएर प्रभावितहरु निकै त्रसित रुपमा सुरक्षाको खोजी गरिरहेका छन् । अरनिको राजमार्ग बन्द गरिएको छ । काठमाडौंबाट जाने सवारी धुलिखेलमै रोकिएको छ ।
दुई किलोमिटरमाथिदेखि झर्दै आएको पहिरोले थुनिएको पानी तत्काल फुट्ने स्थिति देखिएको छैन। यदि आकस्मिकरुपमा पानी फुट्यो भने बाह्रविसेदेखि बन्देउसम्म राजमार्ग, बस्ती, दुई जलविद्युत आयोजना सखाप हुने निश्चित छ ।
पहिरो झर्ने क्रम जारी रहेकाले उद्धार कार्यमा कठिनाई उत्पन्न भैरहेको छ । नेपाली सेनाको दुईवटा हेलिकोप्टरले पहिरो गएको क्षेत्रमा सुरक्षा अनुगमन गरिरहेको छ ।
सुनकोशी नदी थुनिंपछि सो क्षेत्रमा मात्र हैन सप्तकोशी नदी आसपासका क्षेत्रलाई समेत संकटग्रसत क्षेत्र घोषणा गरिएको छ । सप्तकोशी किनारका बासिन्दालाई पनि अन्यत्र सारिने बताइएको छ । त्यस्तै उदयपुर, खोटांग, रामेछाप लगायतका जिल्लाका कोशी किनारका बासिन्दालाई शतर्क रहन निर्देशन दिइएको छ ।
- See more at: http://www.nepaljapan.com
कृपया यो लिंकलाइ सबैले शेर गरेर सबैलाई सतर्क रहन सहायो गर्नुहोला 

, ,

news and entertainment