उपचार गराउन प्रेमिकाको काख


 प्रतिबन्धित दुर्लभ वन्यजन्तु सालक कारोबार अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा १५ वर्षे कैदसजाय काटिरहेका चिनियाँ कैदीलाई प्रहरीले अस्पताल लैजाने बहानामा उनकै प्रेमिकालाई सुम्पेको अनुसन्धानबाट खुलेको छ ।
नक्खु कारागारका तीन प्रहरी र अस्पताल नाइकेले त्यहाँ रहेका चिनियाँ कैदी जु याङ वालाई असोज ६ गते मिलेमतोमा भगाएको नागरिक दैनिकमा खबर छ ।
घटनाको अनुसन्धानका लागि गठित समितिले वालाई प्रहरी टोलीले दाँतको उपचार गराउन पाटन अस्पताल लैजाने भन्दै नजिकैको गेस्टहाउस पुर्‍याएर चिनियाँ प्रेमिकालाई जिम्मा लगाएर ‘भागेको’ सूचना दिएको खुलासा गरेको हो ।
प्रहरीले घटनामा संलग्न तीन प्रहरीलाई निलम्बन गरी अनुसन्धान बढाएको छ । चिनियाँ कैदीको नेपाली प्रेमिकासमेत पक्राउ परिसकेको र भागेका केदी यतै लुकेको आशंकामा खोजि भइरहेको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ ।
सालक कारोबारमा संलग्न अभियोगमा जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकले वालाई १५ वर्ष कैद र १ लाख जरिवाना तोक्दै २०७० माघ १५ गते नक्खु कारागार पठाएको थियो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

,

news and entertainment