माईतबाट फर्किदै गरेकी महिला माथि सामुहिक बलात्कार



मुगुमा माईती घर बाट घर तिर फर्किदै गरेकी एक युवतिमाथि सामुहिक बलात्कार भएको छ ।

जिल्लाको कोटडाँडा गाबिस वडा नम्बर ९ निवासी २१ वर्षीया नाम मुगु सी (नाम परिवर्तन) असोज ६ गते माईती घर श्रीकोट गाबिस ९ जिउकाबाट  घर  फर्किदा साझ पाँच बजे सामुहिक बलात्कारको सिकार भएकी हुन् ।   बलात्कार गर्नेमा सोहि गाबिस ३ बस्ने बर्ष १८ का ओम राज शाही  सहित नाम खुल्न नसकेका अन्य दुई जनाले पिडित युबतिको साथमा रहेका नगद २२ हजार र मोबाईल लुटेपछि नगद रकम र मोबाईल फिर्ता गर्ने सर्तमा तिनै जनाले  सामुहिक बल्तकार गरेको पिडितका आफन्तले बताए ।

पिडित पक्ष सोहि दिा प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितहरुको खोजी कार्य जारी राखिएको बताएको छ ।
nepaliheadlines.com

,

news and entertainment