त्रिविमा पछिल्ला दिनमा एकपछि अर्को काला कामहरुको पर्दाफास हुन थालेका छन् । आफुलाई बिद्वान ठान्ने त्रिविका अध्यापकहरुको दिनदिनै कालो कामको पोल सार्वजनिक हुन थालेको हो । शिक्षाशास्त्र संकायका डीन प्राध्यापक डा. प्रकाशमान श्रेष्ठले व्यक्ति छानीछानी प्राध्यापक हुनबाट राक्नेगरी दरबन्दी सेवा आयोगलाई पठाएको आरोप छ । श्रेष्ठले आफ्नो चित्त बुझाउने व्यक्तिाई मात्रै प्राध्यापक बनाउने गरी उनले दरबन्दी निकालेको डीन कार्यालयका प्राध्यापकहरुले आरोप लगाएका छन् ।
त्यसैगरी प्राध्यापकमा बढुवाका लागि सेवा आयोगमा चोरीका लेख र पुस्तकहरु बुझाएको रहस्य पनि खुल्न थालेको छ । पुस्तक चोरेर प्राध्यापक भएका केदारनाथ घिमिरे सेवा आयोगको सदस्य भएपछि चोरीका लेखहरुको विगविगी बढेको चर्चा छ ।
यही क्रममा प्राध्यापक ज्योती भण्डारी प्याकुरेलले डाक्टर वेनी रावलको थेसिस चोरी आफ्नो नाममा प्रकाशित गराएको आरोप लागिरहेको छ । नेपाली लोकगीत संगीतमा पीएचडी गरेकी रावलको थेसिस जस्ताको तस्तै सारेर ज्योती भण्डारी प्याकुरेलले इतिहास प्रवाह नामक जर्नलमा प्रकाशित गरेको बताइएको छ,आजको साँघु साप्ताहिकमा खबर छ ।
गुरु आमालाई नै चोरीको बात !
news and entertainment
