बिमानमा सवार यात्रुको परिवारलाइ $५,००० बाट आर्थिक राहतको सुरुवात


MalaysiaAirline080314eमलेसियन एरलाइन्सले बिमानमा सवार रहेका यात्रुहरुको परिवारलाइ आर्थिक राहत स्वरुप मंगलबार $५,००० दिने घोषणा गरेको छ । एरलाइन्सको ति परिवारहरुको लागि आर्थिक राहतको यो सुरुवात मात्र भएको जानकारी दिएको छ ।

लामो समयको दौरान ति यात्रुहरुको परिवारमा पर्न गएको आर्थिक समस्याको तत्कालिन समाधानको निम्ति एरलाइन्सले यो रकम ति परिवारलाइ प्रदान गर्न आटेको हो । यो ति परिवारलाइ दिइने भएको राहत रकमको सुरुवात मात्र भएको एरलाइन्सले जानकारी दिएका छन् । यस पछि ति परिवारलाइ एरलाइन्स एक पछि अर्को राहत स्वरुप रकमहरु प्रदान गर्ने जानकारी प्राप्त भएको छ ।

एक अन्तराष्ट्रिय सन्धि Montreal Convention अनुसार एरलाइन्सले प्रत्यक परिवारलाइ करिब $१५०,००० देखि $१७५,००० सम्मको राहत प्रदान गर्नु पर्ने छ । यदी बिमानको दुर्घटना हुनुमा बिमानकै खराबी भएको पाइएमा राहत प्रदान गर्नु पर्ने जिम्मेवारी एर्लाइन्सबाट बिमान निर्माण कम्पनि सम्म पुग्न सक्ने बताइएको छ । तर यसो हुनको लागि बिमानको अवसेस भेट्न जरुरि छ ।

परिवारको तर्फबाट मलेसियन एरलाइन्स माथि मुद्दा चलाउने प्रक्रिया सुरुवात गर्न आएकी अधिवक्ता मोनिका केलीले आफ्नो अनुभबका आधारमा ति यात्रुको परिवारले $४०००,००० देखि ३ मिलियन सम्मको राहत पाउन सक्नेछन् । मुद्धा कहाँ हालिने कुराबाट कति राहत पाउने केलीले जानकारी दिएकी छिन् । बिमानको यात्रुहरु जिवितै भएको वा मृत्यु भैसकेको कुरा पनि स्पस्ट हुनानासकेकोले यसले मुद्धाको कानुनि प्रक्रियामा केहि ढिला सुस्ती ल्याउने सक्ने बताइएको छ ।

तर घटनाको महिना दिन बित्न सुरु भए संगै अधिकांश देशको अदालतले ति मानिसहरु मृत्यु भैसकेको कुरालाइ स्वीकार गर्न सुरु गर्छन् । तर कानुनि प्रक्रिया अघि बढ्छ । International Aviation Law Institute का प्रोफेसर ब्राइन हाभेलले अधिकांश मुद्धाहरु कानुनि रुपमा नै शुल्झाइने बताउछन् । विभिन्न १४ देशका नागरिकहरु बिमानमा सवार रहेकोले बिभिन्न देशहरुमा यस सम्बन्धि कानुनि मुद्धाहरु सुरु हुने बताइएको छ ।

, ,

news and entertainment