कसैको रहर त कसैको कर, दशैंले निम्त्याएको भीडभाड



हिन्दुहरुको महान चाड बडादशैंले समस्त नेपालीहरुको ढोका ढक्ढकाइसकेको छ । हिजो अर्थात् बिहिबार घरघरमा जमरा राखेर दुर्गा माताको पुजा–अर्चना गर्दै हिन्दु नेपालीहरुले दशैंको आगमनलाई आत्मसात गरिसकेका छन् ।
दशैंलाई ‘राम्रो लाउने र मिठो खाने’ पर्वको रुपमा पनि लिइएको छ । वर्षभरी दुखजिलो गरेर भएपनि दशैंमा मिठो मसिनो नै खाऔँ भन्ने मान्यता सबैको हुन्छ । यतिमात्र नभई, दशैंमा एकसरो भएपनि राम्रै लुगा लगाउने सबैको रहर हुन्छ । फरक यत्ति होला, यो रहर कसैको पुरा होला र कसैको भने नहोला । दिनैपिच्छे लुगा फेरेर हिँड्ने र कम्तीमा पनि महिनाको एकपटक भएपनि सपिङ गर्ने युवापुस्ताहरु पनि दशैँमा लुगा नकिनी दशैं नै नआएको जस्तो भान हुने उनीहरु बताउँछन् । कोही भने दशैंमा शहर–बजार निकै भीडभाड हुने भएका कारण दशैंपछि नै लुगा किन्ने सोचमा हुने गर्दछन् ।
निम्न मध्यमवर्गीय र मध्यमवर्गीय परिवारका मानिसहरुले भने वर्षमा एकपटक भएपनि आफ्ना सन्तान र आफ्ना लागि नयाँ लुगा हाल्नै पर्ने बाध्यता देख्छन् । त्यसकारण प्रायः सबैजसो मानिसहरु दशैंको मुखमा सपिङ जाने गर्दछन् र यतिबेला काठमाडौंका प्रमुख बजारहरुमा मानिसहरुको अत्यधिक भीड लाग्ने गर्दछ । यस्तै भीडमध्ये कोही मनोरञ्जन हुने भन्दै रहरले सपिङ गरिरहेका हुन्छन्, कोही बाध्यताले र कोही भने करले । कोही आफ्नो सन्तानको इच्छा पूरा गर्नका लागि पनि बजारमा डुल्ने गर्दछन् । कथा–व्यथा आ–आफ्नै । विभिन्न मानिसहरुको झुण्ड विभिन्न ठाउँमा सपिङ गरिरहेका देखिन्छन् । कोही सपिङ मलमा सामान छान्दै देखिन्छन् त कोही चोक–चोकका पसलमा सामानको मोलमोलाइ गरिरहेका देखिन्छन् । कोही भने फुटपाथमा असरल्ल पारेर फिँजाएका लुगाहरु आफूलाई पनि ठिक हुन्छ कि भन्दै नियालिरहेको दृश्य आजकाल हामी देख्न सक्छौँ ।
विद्यालय, क्याम्पस र कुनै संस्थाहरुले घटस्थापनाको दिनदेखी नै बिदा दिने हुँदा बजारमा मानिसहरुको भीड बढ्दो छ । त्यो भीडमा मानिसहरुको यात्रा पक्कै सहज छैन । कतै ठेला–ठेल त कतै पेलापेल गर्दै मानिसहरु आफ्नो गन्तव्यमा हिँडिरहेका देखिन्छन् । दशैंमा व्यापारीहरुको पनि व्यापार निकै राम्रो हुने भएकाले ग्राहकलाई आकर्षित गर्न हातले लेखिएका वा प्रिन्ट गरिएका डिस्काउन्टका जानकारीहरु जताततै देख्न पाइन्छ । हरौँ दशैंको मुखमा काठमाडौंका प्रमुख शहरहरुमा मानिसहरुको भीड कस्तो छ तः

,

news and entertainment