नेपाली भिसा स्टिकर उप्काएको आरोमा पक्राउ परेका एक इजरायली धर्मगुरुलाई अध्यागमन विभागले कानुनी प्रक्रिया पूरा नगरी नेपालस्थित इजरायली दूतावासमा बुझाएको छ ।
अदालतबाट म्याद थप गरी विभागको हिरासतमा रहेका इजरायली धर्मगुरु छेजाई लिस्तिजलाई परराष्ट्र मन्त्रालयको दबाबमा शुक्रबार दूतावासमा बुझाइएको अन्नपूर्ण पोस्टमा खबर छ । विभागले विगत पाँच दिनदेखि उनलाई हिरासतमा राखी अनुसन्धान गरिहेको थियो । पत्नी र छोराछोरीसहित गत बिहीबार नेपाल आएका उनलाई चाहिएका बेला उपस्थित गराउने सर्तमा दूतावासको जिम्मा लगाइएको हो ।
दूतावासको पटकपटक ताकेतापछि परराष्ट्र मन्त्रालयले लिस्तिजलाई दूतावासको जिम्मा लगाउन गृहमन्त्रालयलाई लिखित रुपमै दबाब दिइएको थियो ।
अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले लिस्तिजलाई फेरि ल्याइदिने सर्तमा इजयारली दूतावासको जिम्मा लगाएको जानकारी दिए । उनले उप्काएको भिसाको म्यादसमेत सकिएको छ ।
इजरायली धर्मगुरुलाई कानुनी प्रक्रिया पूरा नगरी हिरासतबाट दूतावास लगियो
news and entertainment