विद्यालयको जग्गा - भैसी खेल्ने आहाल
जिल्लाको धुपू स्थित श्री जनज्योति उच्च माध्यमिक विद्यालयको कमजोरीका कारण विद्यालयको जग्गा यति बेला भैसी खेल्ने आहालको रुपमा परिणत भएको छ ।
धुपू तिनको ठुलोबारी भन्ने ठाउमा रहेको जग्गालाई खेलमैदान बनाउनका लागि विद्यालयले समितिको बिना निणर्य स्काभेटर प्रयोग गरी लथालिङ्ग परेको हो । २०६६र६७ साल तिर विद्यालयले असी हजार खर्च गरी खनाएको जग्गामा वरपरका मानिसका गाई,गोरु चर्ने र भैसी आहाल खेलाउने गरेका छन् ।
खेलमैदान खन्दा स्थानिया बालुका राई संग विवाद भई खन्न रोकेको थियो । रोकिएको जग्गा चार बर्ष बितिसक्दा पनि विवाद समाधान गरी खेलमैदान निर्माण गर्न सकेको छैन ।
खेलमैदान खनाउदा कुनै पनि राजनीतिक दल,शिक्षकहरु संग सरसल्लाह नगरी प्रअ चुडा बहादुर थापा र पूर्व विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष तिर्थराज भट्टराईले बलमिच्याईँ गरेर जबरजस्ती खनाएको बुद्धिजिबिहरुले आरोप लगाएका छन् ।
खेलमैदान खनाउने क्रममा कोहि अविभाबक संग सरसल्लाह नगरेको स्थानियहरु बताउछन् । जग्गा अलपत्र पार्नु अघि स्थानिय भक्त बहादुर अधिकारीले ठेक्कामा जग्गा कमाएका थिए । उनले बार्षिक सात हजारका दरले विद्यालयलाई बुझाएको बताए ।
स्थानियहरु भन्छन– सदुपयोग भइरहेको जग्गालाई अलपत्र परी बस्तु चराउने छेत्र बनाएको बताउछन् । जग्गा स्थानिय नन्दलाल चिमरिया र छत्रमणी पन्तले दान गरेका थिए । झन्डै ३५ लाख मूल्य बराबरको जग्गाको पूर्व पश्चिम खाँदबारी,धुपू,डके हुदै बाह्रबिसे गाडी जाने बाटोमा पर्छ ।
www.ratopati.com
