हेलिकोप्टर खस्यो, तीनको मृत्यु
दक्षिण सुडानको उत्तरी भागमा संयुक्त राष्ट्रसंघको एक हेलिकोप्टर मङ्गलबार दुर्घटनाग्रस्त हुँदा तीनको मृत्यु भएको छ ।
दुर्घटनामा चालकदलका तीन सदस्यको मृत्यु हुनुको साथै एक घाइते भएको राष्ट्रसंघीय प्रवक्ताले समाचारदाताहरूलाई बताएका छन ।
‘द युनाइटे्ड नेसनस् मिसन इन साउथ सुडान (युएनएमआईएसएस) ले बेन्टिउ सहरनजिकै भएको सो दुर्घटनामा तीन चालकदलका सदस्यको मृत्यु हुनाका साथै अर्का एकजना घाइते भएको पुष्टि गरेको छ ।
संयुक्त राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजाकिकले दैनिक समाचारमा सो जानकारी दिएका हुन ।
सो दुर्घटनामा घाइते भएका चालक दलका अर्का एक सदस्यलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । रासस,सिन्ह्वा
